रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका

काठमाडौँ । रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका तेस्रोपटक हेरफेर भएको छ । आज केन्द्रिय निर्वाचन आयोगका प्रमुख भुवन केसीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

नयाँ निर्वाचन तालिकाअनुसार आज साँझ ७ बजेदेखि ७ः३० बजेसम्म सभापति पदका लागि उम्मेदवारी फारम वितरण तथा दर्ता गरिनेछ । त्यसपछि केन्द्रीय सदस्य पदका लागि साढे ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली राति १० बजे प्रकाशन गर्ने जनाएको छ । प्रारम्भिक नामावलीमाथि दाबी–विरोध दर्ता गर्न राति साढे १० बजेसम्मको समय दिइएको छ । दाबी–विरोधमा परेका उजुरीहरूको छानबिन राति ११ बजेसम्म सकिनेछ भने उम्मेदवारले आफ्नो नाम फिर्ता लिन राति सवा ११ बजेसम्मको समय पाउनेछन् ।

अन्तिम उम्मेदवार नामावली राति ११:४५ बजे सार्वजनिक गरिने आयोगले जनाएको छ । त्यससँगै राति पौने १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान बुधबार बिहान हुने तय भए पनि मतदानको समय भने अझै निर्धारण गरिएको छैन ।

मतदान सम्पन्न भएको दुई घण्टाभित्र पहिलो चरणको मतगणना र परिणाम घोषणा गरिने आयोगको सूचनामा उल्लेख छ । दोस्रो चरणको उम्मेदवारी दर्तालगायत बाँकी निर्वाचन कार्यक्रम भने पछि सार्वजनिक गरिने जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका