चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।
उनले भने, “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ ।”
निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
आफ्नै दम्भले खस्कँदै कांग्रेस–एमाले
देश बनाउने कुरामा जिस्कदै प्रधानमन्त्री बालेन !
मध्यरातमा प्रहरीले गर्यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
रास्वपा महाधिवेशनः केन्द्रमा पुग्न बग्रेल्ती आकांक्षी, तर सर्वसम्मतको कसरत
राहदानी छपाइ ठेक्का प्रकरणमा मुछिएका १० कर्मचारीको नालीबेली
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति






