ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको गोल मदतमा कोलम्बियाले फिफा विश्वकप २०२६ मा डिआर कंगोलाई १-० ले पराजित गरेको छ ।
समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो । दुई जितपछि ६ अंक जोडेर समूह के को शीर्ष स्थानमा छ ।
पहिलो हार बेहोरेको डिआर कंगो भने दुई खेलबा६ १ अंकसहित तेस्रो स्थानमा छ । मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले सुरुवातदेखि नै कंगोमाथि दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपर्यो ।
मुनोजले ७६औं मिनेटमा वुजान क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र अन्तिममा त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।
यस्तै पहिलो गोलपछि लुइस डियाजले दुई गोल गरेपनि अपसाइडका कारण गोलले मान्यता पाएन । पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ सेभ गरेपछि कोलम्बिया गोल गर्न असफल भएको थियो ।
कोलम्बियाले खेल अवधिभर कूल १९ सट प्रहार गर्दा ९ सट अन टार्गेटमा थियो । जसमध्ये कंगोका गोलकिपर लियोनल एमपासीले ८ बचाउ गरे ।
कंगोले ८ सट प्रहार गर्दा १ मात्र अन टार्गेटमा रह्यो । कोलम्बियाले अब समूह विजेता बन्नका लागि अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ ।
सम्बन्धित समाचार
क्यानडा-बोस्निया एन्ड हर्जगोभिना बीचको खेल १–१ गोलको बराबरीमा टुंगियो
फिफा विश्वकपः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
हाइटीविरुद्ध १-० को जित निकाल्दै स्कटल्याण्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा
चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम
‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई
जर्मनीको प्रभावशाली जीत
नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो
आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध






