धनगढी । मनसुन सक्रिय नहुँदा कैलालीलगायतका क्षेत्रमा खडेरी लम्बिँदै गएपछि भूमिगत पानीको सतह तीव्र रूपमा घट्न थालेको छ । पानीको सतह घटेसँगै धनगढीका अधिकांश हातेपम्प सुकेका छन् भने खानेपानी र सिँचाइ दुवै क्षेत्रमा संकट देखिएको छ ।
भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीका अनुसार भूमिगत पानीको अत्यधिक दोहन, वन फडानी, चुरे९भावर क्षेत्रमा नदीजन्य पदार्थको अत्यधिक उत्खन, कंक्रिट भवन र कालोपत्रे सडकका कारण जमिनमा पानी पुनर्भरण हुन नपाउँदा धनगढी क्षेत्रमा पानीको सतह लगातार घट्दै गएको हो ।
खानेपानी आपूर्तिमा समस्या
खानेपानी संस्थान, धनगढीले पछिल्ला दिनमा धनगढीमा भूमिगत पानीको सतह २ मिटरसम्म घटेको जनाएको छ । संस्थानले २१ मिटर गहिरो १२ वटा बोरिङबाट दैनिक १७ लाख लिटर पानी वितरण गर्दै आएको भए पनि अहिले पानीको सतह घटेकाले आपूर्ति व्यवस्थापनमा समस्या भएको छ ।

किसानको रोपाइँ रोकियो
जमिनमुनिको पानी घटेसँगै किसानले सिँचाइ अभावमा धान रोप्न सकेका छैनन् । बारीमा लगाएको तरकारी पनि सुकेको छ। २४ सै घण्टा पानी आउने धारा, चापाकल र बोरिङमा कहीँ पानी आएको छैन भने कहीँ मुस्किलले आइरहेको छ ।
धनगढी १४ स्याउले बजारका धर्मराज पडालले पहिले ५०-६० फिटमै पानी आउने चापाकल अहिले २०० फिटसम्म गाड्दा पनि पानी नआउने गरेको बताए । ‘खानेपानी जुटाउनै समस्या भइरहेको छ । छरछिमेकीबाट गर्जो टार्नुपरेको छु पडालले भने ।’
स्याउलेमा दमकल र ट्यांकरमार्फत पानी वितरण
स्याउले बजार क्षेत्रका नलका तथा धारा पूर्ण रूपमा सुकेपछि धनगढी उपमहानगरपालिकाले दमकल र पानी ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ । वडा नं। १४ का अध्यक्ष मानबहादुर बिष्टसँगको छलफलपछि मंगलबारदेखि वन कार्यालय अगाडि डिप बोरिङ्ग नलका जडानको काम पनि सुरु गरिएको छ । बर्खा नलाग्दासम्म ट्यांकरबाट दैनिक प्रयोजनको पानी उपलब्ध गराइने उपमहानगरले जनाएको छ ।
पुनर्भरणका लागि उपमहानगरको अभियान
धनगढी उपमहानगरपालिकाले भूमिगत पानी पुनर्भरणका लागि वृक्षारोपण, प्राकृतिक ताल९तलैयाको अतिक्रमण हटाएर संरक्षण, नदी९नाला संरक्षण अभियान र नयाँ भवनमा सोकपिट अनिवार्य गर्ने अभियान चलाएको छ ।
सम्बन्धित समाचार
गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु
टेम्पो भिरबाट खसालिएको घटनावारे छानविन समिति गठन
रैथाने खाद्य परिकार मेलामा कोदोको ममदेखि मकैको खिरसम्म
आत्मनिर्भर बन्न सकेन सुदूरपश्चिम प्रदेश सरकार
हुरीले टीकापुरमा केराखेती नष्ट
धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
६ वर्षसम्म बनेन् बुडर–जोगबुडा सडक खण्डको खप्वाखोला पुल






