काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको जनाएको छ।
फिफा विधानको धारा १३ अन्तर्गतका सदस्यता सुविधाहरू पनि तत्काल प्रभावबाट निलम्बित भएका छन्। फिफाका अनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।
फिफाले एन्फामाथिको निलम्बन अर्को निर्णय नभएसम्म लागू रहने स्पष्ट गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)






