काठमाडौं । सरकारले कक्षा १२ को परीक्षाका विषयमा विद्यार्थीले उठाएको आवाज सम्बोधन गर्न समिति गठन गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले बताए ।
कक्षा १२ को परीक्षाको नतिजा हतारमा प्रकाशित गर्दा गढबढ भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन् । उनीहरूले बिहीबार माइतघर मण्डलमा समेत प्रदर्शन गरेका थिए ।
त्यसलाई लिएर आफ्नो ध्यानाकर्षण भएको मन्त्री पोखरेलले जनाएका छन्। उनले नतिजा प्रकाशन गर्न हतार नगरिएको दाबी गरेका छन्।
‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,’ उनले भनेका छन्।
उनले आन्दोलनरत विद्यार्थीप्रति अपमानजनक टिप्पणी नगर्न पनि आग्रह गरेका छन्। ‘विद्यार्थीप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ पोखरेलले भनेका छन्।
सम्बन्धित समाचार
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
डाबरको महमा पुनः कैफियत, कार्वाही माग
‘मारिया अस्पताल’ विना अनुमति सञ्चालन
खानेपानी समस्यामा संस्थानको धारा वितरणले राहत
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड






