रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई

चितवन । रास्वपा महाधिवेशन अन्तर्गत महामन्त्रीको निर्वाचन रोचक मोडमा पुगेको छ । महामन्त्रीका ६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेपछि उनको पल्लाभारी हुने देखिएको छ ।

यसअघि पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले विपिनलाई समर्थन गरेको घोषणा गरेका थिए । यो सूचीमा अर्की उम्मेदवार रञ्जु दर्शना पनि थपिएकी छिन् ।

अब महामन्त्रीमा आचार्यसहित राजुनाथ पाण्डे, मनिष झा, गणेश कार्की, सागर ढकालबिच प्रतिस्पर्धा हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

‘धुरन्धर’को डिजिटल रिलिज अदालतबाट खुल्ला