काठमाडौं । लियोनेल मेस्सीले फिफा विश्वकपको इतिहासमा हालसम्म १९ गोल गरिसकेका छन । हिजो जोर्डन विरुद्धको खेलसम्म उनले कुल १९ गोल गरेर फिफा विश्वकपमा विश्व किर्तिमान कायम गरेका हुन ।
उनको पहिलो विश्वकप यात्रा २००६ मा सर्बिया एण्ड मोन्टेनेग्रो विरुद्धको समुह चरणको खेलमा १ गोल गरेर उनले विश्वकपमा गोलयात्रा सुरू गरेका हुन् भने यसअघि अस्ट्रिया विरुद्धको समुह चरण खेलमा २ गोल गरे पछि उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन् । २०२६ को विश्वकपमा अस्ट्रिया र जोर्डन विरुद्ध गोल गरेसँगै मेस्सी पुरुष तथा महिला दुवैतर्फ फिफा विश्वकपको इतिहासमा सर्वकालीन सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
मेस्सीले खेलका ६ विश्वकप मध्ये २०१० काे विश्वकपमा भने उनले कुनै गाेल गर्न सकेनन् जबकी उनीसँगै विश्वकप यात्रा सुरू गरेका पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेले भने ६ वटै विश्वकपमा गाेल गर्ने खेलाडीकाे रूपमा इतिहास कायम गरेका छन । तर, यस रेकर्डमा मेस्सी चुकेका छन् ’cause उनले २०१० काे विश्वकपमा एक गाेल पनि गरेका थिएनन् । मेस्सीले कुन विश्वकपमा कति गाेल हाने, जानाैंः
२०२६ फिफा विश्वकपः
अल्जेरिया विरुद्धः ३ गोल (ह्याट्रिक ) समूह चरण
अस्ट्रिया विरुद्धः २ गोल (समूह चरण), जहाँ उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका थिए ।
जोर्डन विरुद्दः १ गोल (समूह चरण)
२०२२ फिफा विश्वकपः ७ गोल
साउदी अरेबिया विरुद्धः १ गोल (समूह चरण)
मेक्सिको विरुद्धः १ गोल (समूह चरण)
अस्ट्रेलिया विरुद्धः १ गोल (राउन्ड अफ १६)
नेदरल्यान्ड्स विरुद्धः १ गोल (क्वार्टरफाइनल)
क्रोएसिया विरुद्धः १ गोल (सेमिफाइनल)
फ्रान्स विरुद्धः २ गोल (फाइनल)
२०१४ फिफा विश्वकपः ४ गोल
बोस्निया एण्ड हर्जगोभिना विरुद्धः १ गोल (समूह चरण)
इरान विरुद्धः १ गोल (समूह चरण)
नाइजेरिया विरुद्धः २ गोल (समूह चरण)
२०१८ फिफा विश्वकपः १ गोल
नाइजेरिया विरुद्धः १ गोल (समूह चरण)
२००६ फिफा विश्वकपः १ गाेल
सर्बिया एण्ड मोन्टेनेग्रो विरुद्धः १ गोल (समूह चरण)
सम्बन्धित समाचार
अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष
चालू विश्वकपमा भारतीय मूलका ४ खेलाडी
ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?
जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै
फिफा विश्वकप खेलेको ९२ बर्षपछि इजिप्टको पहिलो जीत
फ्रान्स र नर्वे नकआउट चरणमा, अल्जेरियाले अस्ट्रेयासँग निर्णायक खेल खेल्ने
पाको उमेरमा गोल हान्ने रोनाल्डो दोस्रो, मेस्सी चौथों नम्बरमा
गोलविहीन कोलम्बिया-पोर्चुगलको खेल






