उदयपुर । चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ ।
कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए । प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।
यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ । राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताए । हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ ।
कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र ४५ चोक आसपास क्षेत्रको जङ्गलमा रहेको बताइएको छ । अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताए ।
सम्बन्धित समाचार
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
चार सय पचास हेक्टरमा वृक्षरोपण हुँदै
चार सदस्यीय छानबिन समिति गठन
यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारी पहल






