विद्यार्थीसँग दही-चिउरा खाँदै स्वतन्त्र नागरिक समाजले मनायो असार १५

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा–६ स्थित गछिया आधारभूत विद्यालयमा राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्वको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाको आयोजनामा विद्यालयका १५० भन्दा बढी विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरूलाई संयुक्त रूपमा दही-चिउरा खुवाएर यो पर्व मनाइएको हो।

स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्रप्रसाद चम्लागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चम्लागाईले असार १५ जस्तो मौलिक पर्व नयाँ पुस्तासँगै बसेर मनाउन पाउँदा अत्यन्त खुसी लागेको बताए। उनले नेपाली समाजको मौलिक संस्कृति, परम्परा तथा कृषि कर्मप्रतिको सम्मानलाई आगामी पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सहभागीहरूले दही, चिउरा तथा मौसमी फलफूलको स्वाद लिँदै असार १५ को सांस्कृतिक तथा ऐतिहासिक महत्व’bout चर्चा गरेका थिए। कार्यक्रमका वक्ताहरूले असार १५ केवल दही-चिउरा खाने पर्व मात्र नभई किसानको अथक मेहनत, कृषि संस्कृतिको संरक्षण र प्रकृतिप्रतिको सम्मानको प्रतीक रहेको धारणा राखे।

सो अवसरमा विद्यालयका शिक्षक गोपाल कार्कीले यस्ता सांस्कृतिक गतिविधिले विद्यार्थीहरूलाई नेपाली मौलिक परम्परा, कृषि र सामाजिक सद्भाव’bout प्रत्यक्ष ज्ञान दिने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

स्वतन्त्र नागरिक समाजका प्रतिनिधिहरूले यस्ता सामाजिक कार्यक्रमले समुदायबीच एकता, सद्भाव र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै कृषि र संस्कृतिको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

बजेट कार्यान्वयनसँगै कृषि र युवालक्षित कार्यक्रम ल्याउन माग