काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत सहित १९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार(आज) विशेष अदालत मा हुने भएको छ। उक्त मुद्दा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासमा पेशीमा रहेको छ।
टेरामक्स खरिद प्रकरण
यसअघि असार ९ गते भएको सुनुवाइ नसकिएपछि अदालतले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । सोही मुद्दाको निरन्तर सुनुवाइका लागि बुधबार पुन: इजलासमा पेश गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। थुनछेक बहसपछि विशेष अदालतले बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)






