प्रसारण पूर्वाधारमा निजी क्षेत्रको नयाँ अभ्यास, १८ कम्पनी मैदानमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र तथा बुट मोडलमार्फत चार प्रसारण लाइन आयोजना अघि बढाउँदा १८ स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीरकन्सोर्टियमले आशयपत्र पेश गरेका छन् । नेपाल, भारत, चीन र अमेरिकाका कम्पनीहरूको प्रतिस्पर्धाबीच नेपाली निजी क्षेत्रका कम्पनीहरूको सहभागिता उल्लेखनीय देखिएको छ।

चार आयोजनामध्ये रिडी–तम्घास १३२ केभी प्रसारण लाइनका लागि सबैभन्दा बढी १४ प्रस्ताव दर्ता भएका छन् भने डाँडाखेत–बुर्तिबाङमा १२, शीतलपाटी–इनरुवामा ९ र तिङ्ला–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबरमा ७ प्रस्ताव प्राप्त भएका छन्।

अब आशयपत्रहरूको प्राविधिक तथा वित्तीय मूल्यांकनपछि छनोट भएका कम्पनीहरूलाई प्रस्ताव आह्वान गरिनेछ। अन्तिम विकासकर्ता प्राविधिक क्षमता, वित्तीय व्यवस्थापन तथा प्रतिस्पर्धात्मक प्रसारण सेवा शुल्कका आधारमा छनोट गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित