दयाहाङ र मिरुनाले सुरु गरे ‘रातो घेरा–द रेड सर्कल’

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले यति बेला नयाँ चलचित्र सुरु गरेका छन् । यी दुईले अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘रातो घेरा–द रेड सर्कल’ सुरु गरेका हुन् ।

यसैबिच यो चलचित्रको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरिएको छ । निर्देशक अनिलको नयाँ चलचित्र ‘मितज्यू’ गत महिना मात्र रिलिज भएको छ । ‘मितज्यू’ले उत्साहजनक व्यापार गर्न नसके पनि उनले फेरी अभिनेता दयाहाङलाई मुख्य भूमिकामा लिएर यो नयाँ चलचित्र निर्माण थारेका हुन् ।

‘रातो घेरा–द रेड सर्कल’ को छायांकन २५ असारबाट सुरु गरिने भएको छ । विश्राम फिल्म प्रालिको ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रको अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने भएको छ । चलचित्रलाई आगामी १८ मंसिरमा रिलिज गरिने पनि मुहूर्त समारोहमा घोषणा गरियो । निर्देशक अनिल बुढा मगरका अनुसार यो चलचित्र सामाजिक तथा भावनात्मक कथावस्तुमा आधारित रहेर निर्माण हुँदै छ । समाजमा मानिसको अस्तित्वको कथा यो चलचित्रले प्रस्तुत गर्नेछ ।

दयाहाङ राई र मिरुना मगरसँगै ‘रातो घेरा–द रेड सर्कल’ मा खड्गबहादुर पुन, सुस्मिता कुँवर, भावना खपांगी मगर, कविता आले, रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, विजय पौडेल, बलबहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईँ, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ, डीबी गुरुङलगायत कलाकारको अभिनय रहने छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्सका गोविन्द शाहीले र मोफसलमा कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछ । यो चलचित्रका मुख्य निर्माता जीवन गुरुङ हुन् । जसमा सह निर्माताको रूपमा कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज), सरुन शेरचन सुमन गुरुङ र खेम राना रहेका छन् । चलचित्रमा मनोज थापा मगर र सागर आले मगरको संगीत, राजु स्याङ्तानको कथा तथा पटकथा, शिशिर बिसंखेको छायांकन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ