काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण, अद्यावधिक तथा नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि २०८३ साल साउन ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले यसअघि असार २० गतेसम्म तोकिएको समयसीमा साउन ३ गतेसम्मका लागि विस्तार गर्ने निर्णय गरेको हो।
बैठकले वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, साथै नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको कार्य जारी रहेकाले सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा समयावधि थप गरिएको जनाएको छ।
यसैगरी, क्रियाशील सदस्यता अद्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो प्राप्त भएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको छ। प्राप्त सिफारिसका आधारमा समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।
पार्टीले समयावधि थपसँगै सम्बन्धित सबै तहलाई सदस्यता वितरण, नवीकरण र अद्यावधिकको कार्य निर्धारित समयभित्र सम्पन्न गर्न आग्रह गरेको छ।
सम्बन्धित समाचार
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक
प्रधानमन्त्री बालेनका लागि लटौली सेन्चुरी रिसोर्टको १६ कोठा
प्रतिनिधिसभा बैठक किन भयो स्थगित?
रास्वपाको पदाधिकारी निर्वाचन कार्यतालिका सार्वजनिक, मध्यरातमा मतपरिणाम
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने
बाम दलः मनमा एकता, तनमा दम्भ
सम्पत्ति विवरण नबुझाउनेमाथिको छानबिन पहिलो प्राथमिकतामा
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज






