Tuesday, February 25, 2020
Home बिचार स्थानीय विकास र सुशासनका लागि रेडियो

स्थानीय विकास र सुशासनका लागि रेडियो

रामेछापको गुम्देलको चौरी गोठबाट कर्मारिन्जी शेर्पा ल्यापटपमै रेकर्ड गरेर शेर्पा कार्यक्रम रेडियो कैरनमा पठाउने गरेको अनुभव सुनाउनुहुन्छ । चौरी गोठमा बसेर होस् वा कुनै पेसामा लागेर पनि रेडियोमा आफ्नो भाषा र लबजमा कार्यक्रम चलाउने घेरै छन् । अहिले धेरै अधिकार स्थानीय तहमा गएको अवस्थामा स्थानीय तहका गतिविधि नागरिकसामु उनीहरूकै भाषामा पु¥याउने काम स्थानीय एफएम रेडियोले गरिरहेका छन् । त्यसका साथै स्थानीय तहले गरेको कामको निरन्तर निगरानी गर्ने र स्थानीय तहलाई सही दिशामा लैजानका लागि स्थानीय एफएम रेडियोले विशेष भूमिका खेल्न सक्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिले देशभर ६ सय ८६ एफएम रेडियो सञ्चालनमा छन् भने त्यसमध्ये ३ सय ५५ सामुदायिक रेडियो रहेका छन् । स्थानीय सुशासन कायम गर्न सबैभन्दा ठूलो भूमिका सूचनाको नै हुन्छ । सूचनाले कहाँ अनियमितता भयो र कहाँबाट के के सेवा दिइँदै छ भन्ने जानकारी प्राप्त हुन्छ । नागरिकलाई सरकारले दिने सुविधा कहाँबाट कति पाइन्छ, स्थानीय निकायमा आउने बजेट तथा योजनाको जानकारी सूचनाबाट नै थाहा पाएर नागरिकले त्यसमा निगरानी राख्न सक्छन् ।

स्थानीय सुशासनका लागि भूमिका खेल्ने रेडियोले यस वर्षको रेडियो दिवस रेडियो र स्थानीय तहको सम्बन्धबारे छलफल गरेर मनाउँदै छन् । फागुन १ गते अर्थात् फेबु्रअरी १३ तारिख पर्ने विश्व रेडियो दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । देशभरि सञ्चालनमा रहेका रेडियोमा करिब १० हजार रेडियोकर्मी संलग्न छन् । कोही उत्पादन प्रसारण, कोही व्यवस्थापन त कोही प्रविधिमा काम गरिरहेका छन् । पूर्णकालीन र आंशिकको हिसाब गर्ने हो भने प्रायः सबै स्थानीय तहमा रेडियोकर्मी छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियो नेपालको भौगालिक अवस्था र जीवनशैली सुहाउँदो छ । भौगोलिक विकटता भएको ठाउँमा पनि अहिले स्थानीय एफएम रेडियोको माध्यमले सजिलै सूचना पुगिरहेको छ । नेपालका ७६ जिल्लामा एफएम रेडियो पुगेको छ भने सबै क्षेत्रमा रेडियोको प्रसारण सुन्न सकिन्छ । नेपालमा एफएम रेडियोको विकासले विश्वलाई नै नमुना प्रस्तुत गरेको छ । रेडियो प्रसारणका लागि एफएम फ्रिक्वेन्सी मोड््युलेसन प्रविधि अन्य प्रणालीको तुलनामा सस्तो र प्रभावकारी भएकाले नेपालमा यसको विकास सहज भएको हो ।

स्थानीय तहमार्फत नागरिकले पाउने सेवा, त्यसको मापदण्ड, ऐन कानुन, नीति, बजेट र योजनाबारे जानकारी गराउन एफएम रेडियो प्रभावकारी माध्ययम हुन सक्छन् । नागरिकले आफूले सेवासुविधा पाए÷नपाएको, बजेट तथा योजना कार्यान्वयनमा आए÷नआएको रेडियोमार्फत नै भन्ने गरेका छन् । कसरी सरकारले स्थानीय तहमा काम गर्छ र कसरी निर्णय लिन्छ, त्यसलाई कसरी कार्यान्वयनमा ल्याउँछ । त्यसमा कोको सहभागी हुन्छन् भन्नेजस्ता स्थानीय सुशासनका विषयको जानकारी गराउन स्थानीय रेडियोले प्रभावकारी काम गर्न सक्छन् ।

एफएम सञ्चारको विज्ञान नै नबुझेको स्थानीय तहलाई सञ्चालन जिम्मा दिनु कति ठीक हो यसमा अझै बहसको आवश्यकता छ

स्थानीय सरकारले स्थानीय तहमा भएका वा त्यहाँ सुनिने स्थानीय सामुदायिक रेडियोहरूलाई स्थानीय सरकारका सूचना तथा जानकारी आमनागरिकसामु पु¥याउन आफ्नै सञ्चारमाध्यमका रूपमा प्रयोग गर्न सक्छन् । तर, सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर सञ्चालन भइरहेका स्थानीय एफएम रेडियोलाई अप्ठ्यारो पार्ने नीतिगत रूपमा रेडियोमा अंकुश लगाउने काम केही स्थानीय तहले गरेको भनेर आलोचना भइरहेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हचुवाको भरमा बनाएको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि स्थानीय तहलाई पठाएर कार्यविधि बनाउन लगाइयो । कार्यविधिको उद्देश्य एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्ने नै हो । तर, कार्यविधि संविधानसँग बाझियो भने त्यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम ग¥यो । स्थानीय तहलाई संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न बनाउने विषय सकारात्मक हो तर त्यस बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गर्नु गलत हो ।

एफएम सञ्चारको विज्ञानलाई नै नबुझेको स्थानीय तहलाई एफएम सञ्चालनको जिम्मा दिनु कति ठीक हो यसमा अझै बहसको आवश्यकता छ । नयाँ दर्ता हुने र चालू एफएम रेडियोका कार्यक्रमको रेखदेख र सञ्चालन नीति निर्माण गर्ने अधिकार गाउँकार्यपालिका र नगर कार्यपालिकालाई दिइएको अवस्थामा त्यसका विज्ञलाई सबै स्थानीय तहमा सरकारले खटाउन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि टट्कारो देखिन्छ । संविधानको धारा १९ मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायत जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै श्रव्यदृश्य सामग्रीको प्रकाशन, प्रसारण र सूचना प्रवाहमा पूर्व प्रतिबन्ध लगाउन नपाइने ग्यारेन्टी गरिएको अवस्थाको अवस्थामा केन्द्र, प्रदेश र स्थानीय तहले त्यससँग बाझिने कुनै पनि नीति तथा कानुन बनाउनु प्रेस स्वतन्त्रताविपरीत कार्य हो । त्यसैले स्थानीय तहले स्थानीय एफएम रेडियोमैत्री नीति अपनाउनुपर्छ । ती रेडियोको दिगोपनाका लागि सहयोग गर्नुपर्छ ।

स्थानीय तहले रेडियोलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन सक्यो भने नै नागरिकको सूचनाको हकको प्रवद्र्धनमा रेडियोले सघाउन सक्छन् र स्थानीय सुशासनमा समेत टेवा पुग्छ । ती रेडियोको दिगोपनमा सहयोग गरेर उनीहरूलाई स्थानीय बिकासमा केन्द्रित गर्ने खालको नीति अपनाउन सबैले सघाउ पु¥याउनु आवश्यक छ । देशभरि खुलेका एफएम रेडियोहरूले स्रोतालाई स्थानीय स्वाद दिनुका साथै नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने माध्यम दिएका छन् । सरकारले गर्नुपर्ने सूचनाको हकलाई प्रत्याभूति गर्नुपर्ने कामलाई समुदाय आफैंले स्वःस्फूर्त रूपमा गरिरहेको अवस्थामा ती रेडियोलाई सहयोग गर्ने काम स्थानीय सरकारले गर्नुपर्छ । ती रेडियोहरूले स्थानीय भाषामा स्थानीय नागरिकले बुझ्ने गरेर सूचना तथा जानकारी प्रस्तुत गरिरहेका छन् ।

स्थानीय संस्कृतिको संरक्षणका साथै सकारात्मक सामाजिक रूपान्तरणमा समुदायिक रेडियो तथा स्थानीय रेडियोले ठूलो भूमिका खेलेका छन् । साथै गाउँ तथा टोलमा भएका समस्यालाई नीतिगत तहमा ल्याउने पुलको काम ती रेडियोहरूले गरिरहेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पनि आफ्ना कुराहरूलाई सजिलै एफएम रेडियोबाट प्रचार गर्न पाइन्छ भनेर नयाँ एफएम रेडियो खोल्ने तयारीमा छन् । भएका रेडियोको दिगोपन र गुणस्तरीयता बढाउन सहयोग गर्नुपर्नेमा भएका रेडियोलाई कमजोर बनाउनेतर्फ स्थानीय तह र स्थानीय विकास मन्त्रालय लागेको पाइन्छ । सरकारी निकायबाटै रेडियो सञ्चालन भए पनि त्यो सरकारको मुखपत्र मात्रै हुनेछ र त्यसले स्वतन्त्र पत्रकारीको धर्म निर्वाह गर्न सक्दैन भन्ने कुरा पनि बेलैमा बुझ्नुपर्छ ।

त्यसैले स्थानीय तहले अहिले सञ्चालनमा रहेका एफएम रेडियोहरूलाई केही आर्थिक सहयोग गरेर विकास निर्माणको साझेदार र विकासको मूल्यांकन र अनुगमन गर्ने पहरेदारका रूपमा उपयोग गर्न सक्नुपर्छ । त्यस्तै, स्थानीय सरकारले बनेका नयाँ ऐन कानुन र नियमावलीको प्रचारप्रसार रेडियोमार्फत गर्नुपर्छ साथै रेडियोमार्फत स्थानीय तहले गरेको कामको प्रतिक्रिया र सुझाव संकलन गर्न सक्छ । धेरै रेडियोकर्मी सोख र इच्छा शक्तिका कारण रेडियोमा काम गरिरहेका छन् । कोही स्वयंसेवा गर्ने गरेर काम गरिरहेका छन् भने कोही व्यावसायिक रेडियोकर्मी बन्ने हिसाबले काम गरिरहेका छन् । उनीहरूको लागि गुणस्तरिय कार्यक्रम तथा रेडियो सामग्री उत्पादन गर्ने तालिमको आवश्यकता छ । त्यस्तो रेडियोकर्मीको क्षमतावृद्धिका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्छ । रेडियोकर्मीहरूको क्षमता अभिवृद्धि भएमा गुणस्तरीय, सत्य, तथ्य, निष्पक्ष समाचार तथा कार्यक्रम प्रसारण हुन्छ । रेडियोले एक स्थानीय तहले गरेको राम्रो अभ्यास प्रसारण गर्दा अर्काे स्थानीय तहले त्यसको सिको गर्न सक्छन् । रेडियो र रेडियोकर्मीले पनि पत्रकारिताका व्यावसायिक मर्यादा र आचारसंहितको पालना गरेर स्थानीय विकास र सुशासनका लागि आफूलाई केन्द्रित गर्नुपर्छ ।
(लेखक सामुदायिक सूचना नेटवर्क (सीआईएन)का प्रमुख हुन् ।)

Loading comments...

HAMRO PATRO

प्रमुख

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन्। अस्पतालको आज...

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको...

कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु

कालिकोट । कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको छ । रास्कोटदेखि यात्रु बाेकेर लालिघाटका लागि हिँडेको लु. २...

मालबाहक गाडी बायाँ लेनमा मात्र

काठमाडौं । उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन सुर्यविनायक–जडिवुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी...

भर्खरै

प्रधानमन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण अपरिपक्व : डिला संग्राैला

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले प्रधानमन्त्री र शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण अपरिपक्व र अव्यवहारिक भएको टिप्पणी गरेकी छिन्...

मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली बैंकरहरुको सहभागितामा अन्तरक्रिया भयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया र यति सकर क्लबसँगको सहकार्यमा मेलबर्न माइन्ड...

दोलखा उद्योग बाणिज्य संघको इतिहासमै पहिलो पटक महोत्सव र लगानी सम्मेलन गर्ने

दोलखा । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका बस्तुहरुको...

वडाध्यक्ष पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन...

धेरै पढिएका

प्रधानमन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण अपरिपक्व : डिला संग्राैला

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले प्रधानमन्त्री र शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण अपरिपक्व र अव्यवहारिक भएको टिप्पणी गरेकी छिन्...

मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली बैंकरहरुको सहभागितामा अन्तरक्रिया भयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया र यति सकर क्लबसँगको सहकार्यमा मेलबर्न माइन्ड...

दोलखा उद्योग बाणिज्य संघको इतिहासमै पहिलो पटक महोत्सव र लगानी सम्मेलन गर्ने

दोलखा । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका बस्तुहरुको...

वडाध्यक्ष पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन...

ई-पेपर