धनगढी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिले पहिलोपटक ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना गर्ने भएको छ । प्रतियोगिता साउन ८ र ९ गते धनगढीमा सञ्चालन हुनेछ ।
प्रतिष्ठानले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता’bout जानकारी दिएको हो । एकल लोकदोहोरी गायनमा आधारित प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कलाकारले सहभागिता जनाउन सक्नेछन् ।
प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टका अनुसार प्रतियोगितामा सबै उमेर समूहका गायक–गायिकाले एकल रूपमा प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगिताका लागि आवश्यक बाद्यवादन र कोरसको व्यवस्था आयोजकले नै गर्ने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगीले १५ हजार रुपैयाँ, द्वितीयले १० हजार रुपैयाँ र तृतीयले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट प्रस्तुति दिए पनि शीर्ष तीन स्थानमा पर्न नसकेका प्रतिभालाई प्रोत्साहनस्वरूप विशेष पुरस्कारसमेत प्रदान गरिने अध्यक्ष बिष्टले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाई परिचय खुल्ने कागजातसहित नाम दर्ता गराउन सक्नेछन् ।
अध्यक्ष बिष्टले लोकदोहोरी साँझहरूले नेपाली लोकगीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारलाई व्यावसायिक रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रतियोगिताले नयाँ प्रतिभाको खोजी, प्रोत्साहन र लोकसंस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने सहआयोजकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कैलाली र कञ्चनपुर शाखा रहेका छन् ।
सम्बन्धित समाचार
स्याउले बजारमा खानेपानी राहत: ३२० फिट गहिराइमा डिप बोरिङबाट पानी भेटियो
बिना हेलमेट बुलेट चलाएका मुख्यमन्त्री कमलबहादुर शाहलाई ५०० रुपैयाँ जरिवाना
कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट: एक सैनिकको मृत्यु, एक घाइते
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
असार १५ मा टोखामा रोपाइँ महोत्सव (फोटोफिचर)






