बालेन्द्र सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट

काठमाडौं। नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्युन स्तरमा पुगेको हो ।

नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भएपनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ्ने आशा गरिएको थियो । तर, शेयर बढ्न सकेको छैन ।

गत फागुन २१ गते भएको निर्वाचन अगाडि रास्वपाले आफ्नो वाचा पत्रमासमेत शेयर बजारमैत्री नीतिहरूको घोषणा गरेको थियो । तर, सरकार बनेको भोली पल्टैदेखि शेयर बजार घट्न सुरु भएको थियो ।

बालेन सरकारले शपथ ग्रहण गर्नुभन्दा ठिक अघिल्लो दिन अर्थात चैत १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९५०.१६ बिन्दुको उच्च स्थानमा अडिएको थियो । तर आजको दिनसम्म आईपुग्दा भने नेप्से परिसूचक २ हजार ६ सय को बिन्दुमा आएको छ ।

यसरी हेर्दा बालेन सरकार आए यता मात्र समग्रमा ३ सय ५० अंकले घटेको छ । यो शेयर बजारको ठूलो गिरावट हो । नेप्से परिसूचक २६०० बिन्दुमा आएसँगै ६ महिना यताकै न्युन बिन्दुमा नेप्से आएको छ । गत पुस ९ गते २५९७ बिन्दुमा बन्द भएको थियो । त्यस यता भने भने शुक्रवार नेप्से परिसूचक २६०० बिन्दुमा आएको छ ।

यो ६ महिनाको अवधिमा नेप्से परिसूचक उच्चतम २ हजार ९ सय ७० (चैत ११ गते) पुगेको थियो । तर त्यस यता भने बजार लगभग निरन्तर जस्तो घट्दो क्रममा नै रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन