मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

काठमाडौं । सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको हो।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’को तयारी गरिएको बताए।

उनले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए। “रोगको नियन्त्रणमा पहिले भन्दा धेरै नै प्रगति भएको छ । मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न लागेका छौँ”, उनले भने, “सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपाय’bout छलफल भइरहेको छ ।”

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना गराउन थालिएको जानकारी दिइन्।

“हामीले रोग नै लाग्न नदिनका लागि सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सचेतना अभियान सञ्चालन गराउन सुरु गरेका छौँ”, उनले भनिन्, “पहिलको तुलनामा सर्वसाधारणमा सचेतना बढेकाले रोगको प्रकोप पनि कम हुँदै गएको छ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा. विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताए ।

उनले डेङ्गी हैजा, झाडापखला जस्ता रोग मनसुनमा बढी देखिने भएकाले सचेत रहन आग्रह गरे। महाशाखाका कीटजन्य शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य रोगका प्रकोप बढी हुने भएकोले सचेत रहन आग्रह गर्नुभयो । उहाँले मनसुन सुरु हुन साथ डेङ्गी सङ्क्रमण बढन् बताए।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक