डोजरले घर भत्काई लाखौंको क्षति पुर्‍याएको दासको गुनासो

राजविराज । अदालतबाट एक पटक जग्गाको नाप नक्सा भई विवाद निरुपण भइसकेको अवस्थामा पुनः नयाँ किसिमले नाप जाँच गराई आफुलाई दुःख दिने र अन्याय गर्ने काम भएको एक पीडितले गुनासो गरेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका ३ निवासी ६० वर्षिय राजदेव दासले शनिवर पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेका हुन् । उनले आफ्नो नाममा दर्ता रहेको किता नं. ५९४ र ५९५ को जग्गामा निर्माण गरिएको पक्की भवन बल प्रयोग गरी भत्काइएको र कतै कुनै सुनुवाई नभएको दुःखेसो पोखेका छन् ।

उनले छिमेकी देव नारायण ठाकुरले पहुँचको बलमा प्रहरी र अदालतका कर्मचारीको मदतले आफ्नो भवन डोजर लगाएर भत्काई लाखौंको क्षति पुर्याएको दोषारोपण गरेका छन् ।

यसअघि २०७२ साल चैत्र २ गते उक्त विवादित जग्गाको विषयमा सप्तरी जिल्ला अदालतबाट नापी कार्यालयका प्राविधिक सहितको टोली द्वारा स्थलगत नाप नक्शा भइसकेको उनको भनाई छ । सोही आधारमा कायम भएको जग्गामा घेरवार र भवन संरचना निर्माण गरेको उनको दावि छ ।

तर छिमेकी समेत रहेका विपक्षी ठाकुर पुनः नयाँ किमिसले उक्त जग्गाको नाप जाँच गराई २०८३ आसार २३ गते अदालतका कर्मचारी र प्रहरीको उपस्थितिमा डोजर लगाउन लगाई केही समय अघि मात्र निर्माण गरिएको पक्की घर भत्काई दिएको दासको गुनासो छ ।

उनले यस अघि भएको नाप नक्शाको कुनै आधार नलिई सर्वेक्षक राज किशोर साहले पुनः नाप जाँच नक्सांकन गरी आफुलाई अन्यायमा पारेको समेत बताएका छन् ।

उनले पछिल्लो पटक मनपरी ढंगले नाप जाँच गरिएको दावी गर्दे सो विषयमा आपती जनाउँदा आफुलाई सोही टोलीद्वारा कुटपिट र लुगा समेत च्यात्ने काम भएको दुःखेसो पोखेका छन् ।

उनले एक पटक समाधान भइसकेको विषयलाई पुनः उठान गरी विवाद सिर्जना गरिएको र डोजर लगाएर घरमा तोडफोड गरिएको बताएका छन् ।

“अदालतको पहिलो फैसलाको आधारमा उक्त जग्गामा लाखौको लगानी गरेर भवन निर्माण गरेका थियौे, दासले भने –‘पछिल्लो पटक एक पक्षिय रुपमा पुनः नाप जाँच गराई घरमा तोडफोड गरी आतंक मचाउने काम भएको छ ।”

उनले उक्त घटनाको निश्पक्ष छानविन गरी दोषिलाई कारवाही तथा आफुले उचित क्षतीपुर्ती पाउनु पर्ने माग गरेका छन् । सप्तरी जिल्ला अदालतका तहसिलदार कृष्ण कुमार साहले अदालतबाट कसैलाई अन्याय हुने काम न भएको दावी गरे । उनले ठाकुरले दिएको निवेदनका आधारमा प्राविधिक सम्मिलित टोली स्थल मै पुगि पुनः नाप जाँच गरेको तथा प्राप्त साक्ष्य प्रमाणका आधारमा जग्गा खाली गराइएको स्पष्ट पारेका छन् ।

उनले उक्त जग्गाको विवाद आपसी छलफल र मेलमिलापबाट समाधान गर्ने प्रयास गरिए पनि सफल न हुँदा कानूनी व्यवस्थानुसार अदालत अघि बढेको स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

डिप्रोक्स लघुवित्तद्वारा गछिया युवा समाजलाई खेलकुद सामग्री हस्तान्तरण