नयाँ राहदानी प्रणाली पहिलो दिनमै देखियो प्राविधिक समस्या

काठमाडौं । आजदेखि नयाँ राहदानी (पासपोर्ट) छपाइ र वितरणको प्रणाली सुरु भए लगत्तै देशभर प्राविधिक समस्या देखिएको छ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रणालीमा अवरोध आउँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको हो ।

राहदानी विभागले सोमबारदेखि नयाँ प्रणालीमार्फत सेवा सुरु गरेको घोषणा गरे पनि देशका विभिन्न जिल्लाहरूमा यो प्रणालीले काम गर्न सकेको छैन । प्राप्त जानकारी अनुसार पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दी लगायतका जिल्लाहरूमा पासवर्ड र प्रणालीमा समस्या देखिएको छ ।

प्राविधिक समस्या देखिँदा त्रिपुरेश्वरस्थित विभागमा समेत सेवाग्राहीको ठुलो भीड लागेको छ भने नयाँ सिस्टमले काम नगर्दा पुरानो प्रणाली विस्थापित गर्ने सरकारी लक्ष्यमा सुरुवातमै धक्का लागेको छ । कतिपय जिल्लामा पासवर्डले काम नगरेको र कतिपय ठाउँमा सिस्टम नै ‘डाउन’ भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र