काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन भएको हो ।
आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहद्धारा आज जारी प्रेस विज्ञप्ति अनुसार पुनर्गठित समितिको इन्चार्जमा रन्जुकुमारी साह, सहइन्चार्जमा रुपसागर देवी उपाध्याय रहेका छन् ।
समितिको उपाध्यक्षहरूमा देवकुमारी साह, सुमि धिमाल, रामकुमारी सदा र रेहना खातुन छन भने महासचिवमा सिमा जयसवाल छन् । संगठनको उपमहासचिव पदमा मिनादेवी साह, लक्ष्मी मगर, पुजा कुशवाहा र विद्या सापकोटा छन् ।
यसैगरी सचिवको जिम्मेवारी बिनिता पासवान, रुपा चौधरी, बबिता पाण्डे र सुनिता महतोलाई दिइएको छ । सह–सचिवहरूमा मिना गुरुङ, सन्ध्या पासवान, रन्जु चौधरी र रिंकी गुप्ता छन भने कोषाध्यक्षको जिम्मेवारी किरण यादवले पाएका छन् ।
महिला मोर्चाको केन्द्रीय कमिटी सदस्यहरुमा हरिकला देवकोटा, आशादेवी साह, फुलबदन देवी पटेल, सिवानी साह, लीलादेवी यादव, अनिता थापा, कान्तिदेवी राम, रेखा साह, ममता चौधरी, मधु चौधरी, निकिता पाण्डे, प्रेमा देवी साह, मैना तामाङ, पूजा गुप्ता, उमा देवकोटा, सविता देवी साह, इन्द्रवती साह, भवानीदेवी राम, लक्ष्मी विक, गायत्री राई, मधु मगर, लक्ष्मी राई, बबिताकुमारी राम, गेनावती साह, प्रियंका कुशवाहा, किरणदेवी कुशवाहा, लालमुनी कुशवाहा, इन्दु साह रहेका छन् ।
यसैगरी सदस्यहरुमा नेसा खातून, कुन्ती यादव, उर्मिला रौनियार, बबिता साह, आरतीकुमारी साह, गुडीकुमारी साह, ममता मण्डल, मिरा शाह, सकुन्तला देवी, शोभा साह लगायतका रहेका छन् । पुनर्गठनले महिला मोर्चालाई थप गतिशील र सुदृढ बनाउने विश्वास संगठनले लिएको छ ।
सम्बन्धित समाचार
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर रिना साह
सांसद रविन्द्र पटेलको निर्देशनमा रास्वपाको उम्मेदवारको सिफारिश
रवि–बालेनबीच ६०–४० अनुपातमा बाँडफाँड गृहकार्य
एमाले पुनर्गठन कार्यदलमा ओलीको पनि उपस्थिति
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह
काँग्रेसद्वारा प्रतिनिधिसभा नियमावलीविरुद्ध रिट दर्ता
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन






