काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गर्दै परिवारको जिम्मा आफुले लिने भएका छन् ।
सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा मण्डलको आज बिहान २ः४० बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पछि उनले सो जिम्मेवारी लिन लागेको जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै सभापति थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् ।
यस कठिन घडीमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै सभापति थापाले लेखेका छन्, ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु ।’
अपूरणीय क्षतिको यस पीडादायी समयमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै थापाले कामना पनि गरेका छन ।
तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)
सम्बन्धित समाचार
सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो
रौतहटमा नवविवाहिताको शंकास्पद मृत्यु
सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु
गणेश नेपाली मृत्यु प्रकरण : तीन जना नगर प्रहरी पक्राउ
मौलापुरमा हाकिम खोज्दै नगरवासी आन्दोलित
डोजरले घर भत्काई लाखौंको क्षति पुर्याएको दासको गुनासो
गणेश आत्मदाह प्रकरणः महानगरले गर्यो क्षतिपूर्ति र रोजगारीको ग्यारेन्टी
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र






