उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

उद्धारमा खटिने कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता दिने र खटिएको दिनमा ५ सयको दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको हो ।

उच्च जोखिममा खटिने गोताखोर तथा हिमाली क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई उच्च जोखिम भत्ता दिने नेपाल सरकारको निर्णय सकारात्मक प्रभाव पार्ने विश्वास संगठनले लिएको छ । यस निर्णयले उच्च जोखिममा खटिने प्रहरी कर्मचारीहरूको उच्च मनोबल रहने छ भने उनीहरूको आर्थिक रूपमा समेत सुधार हुने विश्वास लिएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरूलाई यस निर्णयले फिल्डमा खटिन समेत थप बल पुग्ने र हौसला मिल्ने समेत अपेक्षा गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नेतृत्व सम्हालेपछि नै यस विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरेअनुसार मंगलबार नेपाल सरकारबाट यो निर्णय भएको हो । यो जोखिम भत्ता विपद् खोज तथा उद्धार कार्य अन्तर्गत गोताखोर र उच्च हिमाली भूभाग जस्तो अति जोखिमयुक्त स्थानमा खटिने सशस्त्र प्रहरी बलका विशेष तालिम प्राप्त उद्धारकर्तालाई प्रदान गरिने छ । यसले अति नै संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धारमा खटिने राष्ट्रसेवकहरूलाई थप हौसला एवं प्रोत्साहन प्रदान गर्ने छ ।

समग्र विपद् खोज उद्धार कार्य सम्पादनमा थप प्रभावकारिता वृद्धि हुने र गोताखोर तथा उच्च हिमाली खोज उद्धार जस्तो अति नै संवेदनशील जोखिमयुक्त स्थानमा खटिने उद्धारकर्ताहरूलाई तालिमप्रति प्रोत्साहित गरी तालिम प्राप्त जनशक्ति पलायन हुनबाट समेत कमी हुने संगठनको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता