वीरगन्ज । कुनै पनि अपराध गरी फरार भएपनि प्रहरीले चाहे उन्मुक्ति पाउन सक्दैन भन्ने सानो उदाहरण पर्सा प्रहरीले पेस गरेको छ । ७ असोज २०७९ मा वीरगन्ज महानगरपालिका–९ रानीघाटमा कक्षा १० मा अध्ययनरत बालिकालाई विवाह गर्छु भनी ललाइफकाई जबरजस्ती करणी (जक) गरी फरार भएका पर्साका रोहण केशरी काठमाडौंबाट पक्राउ परेका हुन् ।
पीडितले घटना भएलगत्तै वीरगन्जको नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण गराई पर्सा प्रहरीमा जाहेरी दिएको मुद्दाको २३ असार २०८१ मा पर्सा जिल्ला अदालतले फैसला गरी पीडकलाई कसुरदार ठहर गरेको थियो । सो जाहेरीका आधारमा पर्सा प्रहरीले अनुसन्धानपछि मुद्दाको फाइल खडा गरी पर्सा जिल्ला अदालतमा पेस गरेको थियो ।
पर्सा जिल्ला अदालतको तथ्यांकमा उल्लेख मुद्दा नम्बर २०७९–सी१–०४८१ तिनै पीडक केशरी र पीडित बालिकाको घटनाको हो । सो मुद्दाको फैसला गर्दै पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश मुन्ना सिंहले पीडक केशरीलाई ७ वर्ष कैद र ३ लाख ३७ हजार रुपैयाँ जरिवाना तोकेको पर्सा जिल्ला अदालतको स्रेस्तेदार प्रभाकर मल्लिकले बताए । सो समयदेखि केशरी फरार थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र पर्सा प्रहरीको संयुक्त प्रहरी टोलीले काठमाडौंको एयरपोर्ट नजिक गोल्डेन गेट अगाडिबाट मंगलबार केशरीलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा पेस गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
कसुरदारले कक्षा १० मा अध्ययनरत स्थानीय बालिकालाई फकाई जक गरेको अदालतबाट पनि पुष्टि भएपछि प्रहरी उनको निगरानीमा थियो । तर कसुरदार केशरीले वीरगन्ज छोडिसकेको खुल्यो । तथापि प्रहरी उनको निगरानीमा लागिरहेकै बखत काठमाडौंबाट उनी प्रहरी नियन्त्रणमा परेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।
केशरीको घर काठमाडौं–१३ कुलेश्वरमा पनि भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको पाइएको छ ।
सम्बन्धित समाचार
असई विक मृत्यु प्रकरण: पूर्वसांसद महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद सजाय
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर रिना साह
वीरगन्जमा ‘रोजगार मेला २०८३’
सरकारी प्रतिबद्धतापछि ५१ दिनदेखि जारी आन्दोलन स्थगित
सिंहदरबार परिसरकै गाडीमा ट्राफिक प्रहरीले लगायो ‘ह्विल लक’
मौलापुरमा प्रशासकीय अधिकृत नपठाएपछि आन्दोलनकारीले जलाए प्रधानमन्त्रीको पुतला
धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते






