वीरगन्ज । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को परिच्छेद ४ अनुसार मानव हित विपरित दूषित खाद्य पदार्थ (मिठाई) विक्री वितरण गरेको पाइएपछि पर्साको वीरगन्जका तीन मिठाई पसल कार्वाहीमा परेका छन् । ती मिठाई पसललाई जनही २०÷२० हजार दण्डित गरी कार्वाही गरिएको हो ।
मिठाई पसलले मानव उपभोग हित विपरित खाद्य पदार्थ (लड्डु, पेडा, मिठाइ) विक्री गरेको भेटियो अनुगमनमा गएका टोलीका सदस्य उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अजित भुजेलले बताए । दण्डित हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार र वीरगन्ज महानगरपालिका‐११, रानीघाटस्थित शम्भु लड्डु तथा मिष्ठान भण्डार रहेको उनको भनाइ छ ।
ऐनमा मानव स्वस्थ्यलाई असर गर्ने, सुक्ष्म जिवाणु वा हानिकारक तत्व तथा रसायनको मात्रा तोकिएकोभन्दा अधिकतम प्रयोग गर्न नपाइने प्रष्ट उल्लेख भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । साथै मानव उपभोगका लागि दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, प्रठारी, संचय, ढुवानी वा बिक्री वितरण गर्न गराउन नपाइने पनि ऐ्नमा प्रष्ट व्यवस्था छ उनले भने ।
तथापि, वीरगन्जको प्रशिद्ध धार्मिकस्थल माईस्थान मन्दिर वरिपरि नियमित लड्डु, पेडा तथा मिठाई विक्री वितरण गर्दै आएका मध्ये केहीले ऐन विपरित हुने गरी मानव उपभोगका लागि अखाद्य बस्तु तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि जरिवाना गरेर सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी थापाको तर्क छ । पहिले पनि सचेत गराइएको थियो । अटेर गरेपछि दण्ड नै गरी कडाई गर्नु परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साले जनाएको छ ।

भीडलाई लक्षित गरी दूषित पनि खपाउन खोजिएको आशंका
असार ३२ गते माईस्थान मन्दिरको दुर्गा भगवतीको डोली यात्रा निकाल्ने तीब्र तयारी छ । यो समयमा ठूलो संख्यामा श्रद्धालु भक्तजनलाई अखाद्य बस्तु त्रिक्री वितरण हुन सक्ने नियमनकारी निकायको आशंका छ । फलतः सो कुरालाई दृष्टिगत गरी असार ३१ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा सञ्चारकर्मी समेतको संयुक्त अनुगमन टोलीले माइस्थान क्षेत्रमा अनुगमन गरेको टोलीमा सहभागी मध्ये केहीले बताए ।
मानवले खान लायक नभएका मिठाई उत्पादन गर्ने उद्योग तथा किचेनको सरसफाइ पनि ठिक थिएन । लड्डुमा अत्याधिक मात्रामा कृत्रिम रङको प्रयोग गरिएको पाइयो । अनि तीन वटा फर्मबाट प्रदूषित लड्डु २५ केजी जति जफत गरी नष्ट समेत गरिएको उपभोकता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य भूजेलको भनाइ छ । माइस्थान मन्दिर वर्षभरि विभिन्न धार्मिक गतिविधि तथा पूजाआजाका क्रममा भक्तजनको भीड लाग्ने गरेको छ ।
तर त्यहाँ बिक्री वितरण हुने खाद्य पदार्थ लड्डु, पेडा तथा अन्य मिठाईहरूको गुणस्तर खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका खाद्य अनुसन्धन अधिकृत सुरेश सिंहले पनि बताए । स्थानीय उपभोक्ताहरूले धार्मिक आस्थासँग जोडिएका स्थानमा बिक्री वितरण गर्ने खाद्य वस्तु समेत दूषित हुनु बिडम्वना भएको स्थानीय अर्जुन साह लगायतले बताउनु भयो । मानव स्वास्थ्य सुरक्षासँगै खेलवाड गर्ने गरी गुणस्तरहिन खाद्य वस्तुको बिक्री वितरणमा थप कडाई गर्नु पर्ने उपभोक्ताहरुको सुझाव छ ।
सम्बन्धित समाचार
पर्सामा झगडिया बढे
बिना हेलमेट बुलेट चलाएका मुख्यमन्त्री कमलबहादुर शाहलाई ५०० रुपैयाँ जरिवाना
बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
हर्कको कटाक्ष : सरकारकै जस्तो सबैको जीवन चिटिक्क हुँदैन
फाइनलमा पहिलोपटक ‘हाफटाइम शो’
मौलापुरमा हाकिम खोज्दै नगरवासी आन्दोलित
रौतहटमा नवविवाहिताको शंकास्पद मृत्यु
सांसद रविन्द्र पटेलको निर्देशनमा रास्वपाको उम्मेदवारको सिफारिश






