काठमाडौं । फिफा विश्वकप २०२६ सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै इंग्ल्यान्डको उपाधि यात्रा टुंगिएपछि टोलीका प्रमुख मिडफिल्डर जुड बेलिंघम विवादमा तानिएका छन् ।
अर्जेन्टिनाका बार्कोलाई थप्पड हानेको भिडियो भाइरल
खेल सकिएलगत्तै मैदानमा भएको एक घटनाले अहिले विश्व फुटबल जगतमा व्यापक चर्चा पाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बेलिंघमले अर्जेन्टिनाका युवा डिफेन्डर भ्यालेन्टिन बार्कोलाई पछाडिबाट थप्पड हानेको देखिएको छ ।
प्रतिस्पर्धात्मक सेमिफाइनलमा दुवै टोलीले फाइनल पुग्ने लक्ष्यसहित आक्रामक खेल प्रस्तुत गरेका थिए । खेल सुरुवातमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाउन सफल भएको थियो । त्यसपछि अर्जेन्टिनाले लगातार दबाब दि“दै खेलमा पुनरागमन ग¥यो ।
दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल गर्दै खेल २–१ ले आफ्नो पक्षमा पा¥यो र लगातार उत्कृष्ट प्रदर्शन कायम राख्दै विश्वकप फाइनलमा स्थान सुरक्षित ग¥यो ।
हारसँगै इंग्ल्यान्डका खेलाडी निराश देखिए । टोलीका स्टार खेलाडी बेलिंघम खेल समाप्त हुनेबित्तिकै मैदानमा केहीबेर बसिरहेका देखिए भने त्यसपछि विपक्षी टोलीका खेलाडीसँग हात मिलाउनेक्रममा विवाद उत्पन्नभएको बताइएको छ ।
सार्वजनिक भिडियोमा बेलिंघम अर्जेन्टिनाका भ्यालेन्टिन बार्कोतर्फ अघि बढ्छन् र उनको टाउकोको पछाडिपट्टि थप्पड हानेको देखिन्छ । त्यसलगत्तै बार्कोले फर्केर प्रतिक्रिया जनाएका थिए । केही क्षणमै दुवै टोलीका खेलाडी घटनास्थलमा जम्मा भएपछि मैदानको वातावरण तनावपूर्ण बनेको थियो । रेफ्री, प्रशिक्षक टोलीका सदस्य तथा अन्य खेलाडीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएका कारण विवाद थप चर्किन पाएन ।
घटनापछि सामाजिक सञ्जालमा सो भिडियो तीव्ररूपमा फैलिएको छ । विश्वभरका फुटबल समर्थक घटना’bout आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन् । कतिपयले हारको पीडा र भावनात्मक दबाबका कारण बेलिंघमले ‘संयमता गुमाएको हुनसक्ने’ टिप्पणी गरेका छन् । धेरैले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा अनुभवी खेलाडीबाट यस्तो व्यवहार स्वीकार्य नहुने बताएका छन् ।
खेल जित वा हारभन्दा पनि खेलभावना र अनुशासनलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ । बेलिंघम विश्व फुटबलका प्रतिभाशाली युवा खेलाडीमध्ये मानिन्छन् । क्लब र राष्ट्रिय टोलीका लागि उनले पछिल्ला केही वर्षमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
त्यसैले पनि उनीबाट भएको यस घटनाले धेरैलाई आश्चर्यचकित बनाएको छ । कतिपय पूर्वखेलाडी र फुटबल विश्लेषकले पनि ‘खेलाडीले कठिन परिस्थितिमा समेत आत्मसंयम कायम राख्नुपर्ने’ बताएका छन् ।
अर्जेन्टिनाका खेलाडी भ्यालेन्टिन बार्कोले भने घटना’bout विस्तृत प्रतिक्रिया दिएका छैनन् । खेलपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले ‘टोलीको जित र फाइनल प्रवेश नै आफ्नो मुख्य प्राथमिकता रहेको’ बताएका छन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि खेलपछिको पत्रकार सम्मेलनमा विवादभन्दा टोलीको प्रदर्शन महइभ्वपूर्ण भएको उल्लेख गरे ।
यता, इंग्ल्यान्डका प्रशिक्षकले खेलपछि टोली निराश भएको स्वीकार गर्दै हार पचाउन समय लाग्ने बताए । उनले खेलाडीको भावनात्मक अवस्था’bout बुझ्नुपर्ने बताए पनि बेलिंघमसँग जोडिएको घटना’bout विस्तृत टिप्पणी गर्न चाहेनन् । घटना’bout विश्व फुटबल महासंघ (फिफा)ले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
भिडियो सार्वजनिक भइसकेको र घटनाले व्यापक चर्चा पाएकाले आवश्यक ठानेमा फिफाले यसको समीक्षा गर्दै अनुशासनात्मक अनुसन्धान अघि बढाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अनुसन्धानपछि चेतावनी, जरिमाना वा निश्चित अवधिको प्रतिबन्धजस्ता कारबाही हुन सक्ने सम्भावना’bout पनि चर्चा भइरहेको छ । यद्यपि, यस विषयमा फिफाले औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन ।
यस जितसँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । स्पेनले अर्को सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्डले भने अब तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफााइनलमा उत्कृष्ट खेल, अर्जेन्टिनाको पुनरागमन र त्यसपछि मैदानमा देखिएको विवादास्पद घटनाका कारण यो खेल विश्वकप–२०२६ का सबैभन्दा चर्चित खेलमध्ये बनेको छ । अब सबैका ध्यान ‘फिफाले बेलिंघममाथि कुनै अनुशासनात्मक कारबाही गर्छ वा गर्दैन ?’ भन्ने विषयकेन्द्रित बनेको छ ।
सम्बन्धित समाचार
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल अन्तिम १६ मा
इजिप्ट पहिलोपटक अन्तिम १६ मा
फ्रान्स र मोरक्को क्वाटरफाइनलमा आमनेसामने
ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन्, आज के हाेला ?
अर्जेन्टिनाको रोमाञ्चक जित
मेस्सी किन बने टोलीकै सबैभन्दा ठूलो प्रेरणा ?
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
फ्रान्स र स्पेनमध्ये को पुग्ला विश्वकप फाइनलमा ?






