उच्च अदालतद्वारा एक बर्षमा ४ हजारभन्दा बढी मुद्दा फछ्र्योट

सप्तरी राजविराज । मुद्दाको चाप बढ्दै गएको अवस्थामा उच्च अदालत जनकपुर–राजविराज इजलासले आर्थिक वर्ष २०८२–८३ मा चार हजार तीन मुद्दा फछर्योट गरेको छ । इजलासले बिहीबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८२–८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै रजिस्ट्रार लोकनाथ पराजुलीले लगतका आधारमा ६८ दश्मलव ८३ प्रतिशत र लक्ष्यका आधारमा सत प्रतिशत मुद्दा फछ्र्योट भएको जानकारी दिए ।

उनका अनुसार जिम्मेवारी सरी आएका एक हजार ९८३ र नयाँ दर्ता भएका तीन हजार ८३३ गरी कुल पाँच हजार ८१६ मुद्दामध्ये चार हजार तीन मुद्दा फछ्र्योट भएका छन् । एक हजार ८१३ मुद्दा भने फछोयार्टै गर्न बाँकी छन् ।

अदालतले आर्थिक वर्ष २०८२–८३ मा छ हजार ७७ मुद्दाको लगत रहने अनुमान गरेको थियो। १८ महिनाभन्दा पुराना कुनै पनि मुद्दा फछ्र्योट हुन बाँकी नरहेको र निवेदनतर्फका ५१५ वटै निवेदन शतप्रतिशत फछ्र्योट भएको उनले जानकारी दिए ।

कार्यक्रममा मुख्य न्यायाधीश सुभाष पौडेलले सेवाग्राहीलाई सहज र छिटो न्यायिक सेवा उपलब्ध गराउन अदालत प्रतिबद्ध रहेको बताए । फैसला तयार भएपछि सेवाग्राहीलाई फोनमार्फत जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाई छ ।

“‘फैसलाको पूर्णपाठ आवश्यक पर्ने सेवाग्राहीको नाम र सम्पर्क नम्बर लिएर एक साताभित्र फैसला तयार गरी फोनमार्फत जानकारी गराउने व्यवस्था गरेका छौँ,’’ उनले भने ।

अर्का न्यायाधीश रामबहादुर थापाले रिट निवेदनको प्रभावकारी कार्यान्वयनका लागि अदालतमा समिति गठन गरिएको जानकारी दिए ।

उनका अनुसार अदालतका उपरजिस्ट्रार संयोजक, शाखा अधिकृत सदस्य र रिट शाखा प्रमुख सदस्य–सचिव रहने गरी गठन गरिएको उक्त समिति स्थायी रूपमा क्रियाशील रहनेछ । ‘‘समितिले फैसला कार्यान्वयनलाई समयमै सम्पन्न गराउनेछ,’’ उनले भने ।

पत्रकार सम्मेलनमा उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश, कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त