‘लज्जावती’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । आगामी साउन २९ गतेबाट रिलिज हुने फिल्म ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत अनि सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ।

कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। डान्सिङ नम्बरको रुपमा तयार पारिएको गीतको अडियो उत्कृष्ट सुनिन्छ। भिडिओले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ।

आहा फिल्मस्को व्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको सिनेमालाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

सौरभ ओली प्रस्तुतकर्ता तथा कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता अनि दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमामा दिव्यराज सुवेदीको छायांकन छ । हरि प्रसाद सिवाकोटी सिनेमाका लाइन प्रोड्युसर हुन् । क्यानडा निवासी उनी नेपाल रिलिजकै मितिमा ‘लज्जावती’लाई क्यानडा रिलिज गर्ने लक्ष्यसहित टिममा जोडिएका हुन्।

फिल्ममा मुकुन, श्रीकृष्ण, जानुका, मेनुका र केशवसहित धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ। तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो सिनेमालाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द