साधना घरमा प्रस्तुत ‘फस्ट ड्राफ्ट’मा फरक नाट्य स्वाद

काठमाडौं । स्टेजमा लेखकले नाटक लेख्दै छिन् । उनी यसरी नाटक लेख्ने क्रममा एउटा पात्रको कल्पना गर्छिन् । त्यो पात्रको ’boutमा जब नाटक लेख्छिन् । त्यति नै बेला ती पात्र लेखकको सामु उपस्थित हुन्छन् ।

यति बेला लेखकलाई सपना देखेजस्तो लाग्छ । उनी नाटकलाई अघि बढाउँछिन् । पात्रको ’boutमा उनले जे गतिविधि लेख्छिन् । ती पात्रले त्यति गतिविधि मञ्चमा गर्दै अघि बढ्छन् । सुरुमा यो दृश्य नाटक लेखकलाई यी सबै घटनाहरू वास्तविक नभएर आफ्नो मनको भ्रम जस्तो लाग्छ । तर नाटक लेख्ने क्रम ‘फस्ट ड्राफ्ट’बाट अघि अर्को ड्राफ्टमा जान्छ । त्यति बेला नाटकका ती पात्रले उल्टै लेखकसँग प्रश्न गर्न थाल्छन् । आफ्नो अस्तित्व र अधिकारको लागि ती पात्रले कडा आवाज उठाउँछन् ।

यति बेला भने ती लेखकलाई यो पात्र आफ्नो कल्पना नभएर साँच्चै मञ्चमा उपस्थित रहेको कुरा प्रस्ट हुन्छ । बिस्तारै लेखकमाथि ती पात्र हाबी हुँदै जान्छन् । अब नाटकको कथा आफूले चाहेको भन्दा ती पात्रको माग अनुसार अघि बढाउनु पर्ने बाध्यतामा ती लेखक पर्छिन । यसपछि लेखक र ती पात्रबिच द्धन्द्ध बढ्दै जान्छ । पात्र झनै विद्रोहमा उत्रन्छिन् । नाटकले फरक घटनाहरूलाई समेट्दै क्लाईमेक्सको रूप लिन्छ ।

काठमाडौँको सुकेधारमा रहेको ओस्कार इन्टरनेशनल कलेज आफ फिल्म स्टडिजमा रहेको साधना घर (नाट्य थिएटर)मा आज साउने सक्रान्तिबाट व्यावसायिक मञ्चन हुने नाटक ‘फस्र्ट ड्राफ्ट’को यो कथा हो । केही दिनदेखि यो नाटकको त्यहाँ नियमित रूपमा अभिनय अभ्यास हुँदै आएको थियो । बिहीबार बेलुका नाटकको पूर्ण अभ्याससहित विशेष सो सम्पन्न गरियो । नाटकलाई सबैले मन पराए । यसलाई शुक्रवारबाट आफूहरूले व्यावसायिक रूपमा मञ्चन गर्न लागेको सो कलेजका प्रिन्सिपल राम राजा दाहालले राजधानीलाई बताए ।
यो नाटकलाई कञ्चन संग्रौलाले लेखेकी हुन् । नाटकको निर्देशन पनि कञ्चनले गरिरहेकी छिन् । यसमा उनी नाटक लेखक मिरा पात्रकै रूपमा मञ्चमा प्रस्तुत भएकी छिन् । समाजमा बढ्दो विसंगतिलाई
मेटा–थिएटरको रूपमा नाटक ‘फस्र्ट ड्राफ्ट’ प्रस्तुत गर्न लागेको निर्देशक एवम् लेखक कञ्चनले बताएकी छिन् ।

लेखकले कल्पना गरेको पात्र हिराको रूपमा मञ्चमा अभय बराल प्रस्तुत भएका छन् । जसमा यो पात्रले आफ्नो अस्तित्वको खोजी गर्छ । ओस्कार इन्टरनेशलन कलेज अफ फिल्म स्टडिजबाट स्नातक गरेका त्यहाँका पूर्व विद्यार्थी अभयको अभिनयलाई बिहीबार बेलुका विशेष सोमा सबैले खुलेर प्रशंसा गरे ।

अहिले समसामयिक परिस्थितलाई आफूले अभिनयबाट प्रस्तुत गरेको अभिनेता अभयले बताए । अहिलेका पुस्ता आफ्नो अधिकारसँगै अस्तित्वको खोजीमा रहेकाले उनीहरूको भावना यो नाटकमार्फत आफूले प्रस्तुत गरेको अभयले राजधानीसँग भने । बिहीबारको विशेष सोमा आफ्नो कामको अरूले तारिफ गर्दा उनले खसी व्यक्त गरे ।
हास्य जनराको यो नाटकले अस्तित्वको पहिचान, आत्मसंघर्ष, आत्मबिद्रोहसँगै सामाजिक न्यायको आवाज उठाएको छ । अर्कोतर्फ कल्पना र यथार्थ बिचको तथ्यलाई पनि नाटकले देखाएको छ । यसलाई आयोजक पक्षले मेटा थिएटरको नाम दिएको छ ।

मञ्चमा प्रस्तुत भएका कञ्चन संग्रौला र अभय बरालले यो नाटक मार्फत डेढ घण्टासम्म दर्शकलाई मनोरञ्जन दिन सफल भएका छन् । दुई पात्रले दर्शकको मन जित्नु नै नाटकको सफलता भएको यसका निर्माता नवीन न्यौपानेले राजधानीलाई बताए । ट्रिओ आट्र्सको सहकार्यमा सम्पन्न यो नाटककी अर्की निर्माता पशुपति राई हुन् ।
यो नाटक शुक्रवारबाट आगामी २० साउनमा सुकेधाराको साधना घरमा हरेक बिहीबार बाहेक अरु दिन नियमित मञ्चन हुने यसका निर्माता नवीनले जानकारी गराए । उनका अनुसार नाटक बेलुका ५ः१५ बजेबाट ६ः४५ बजेसम्म मञ्चन हुनेछ । बुधवार र शनिवार भने २ वटा सो मञ्चन गरिने पनि नवीनले जानकारी गराए ।

‘फस्र्ट ड्राफ्ट’ केवल एउटा नाटक मात्र नभएर आफू तथा आफूजस्ता युवाहरूको सपना रहेको नाटक लेखक तथा निर्देशक कञ्चनले बताइन् । नाटकको कार्यकारी निर्मातामा जानकी कडायत रहेकी छन् ।
यो नाटकलाई कम्तीमा २२ वटा सो आयोजना गरिने भएको छ । यो नाटकको स्टेज म्यानेजर तथा सह निर्देशकमा निष्ठा त्रिपाठी, ध्वनि परिचालनमा देव न्यौपाने, सेट निर्माणमा उमेश चौधरी, सेट डिजाइन तथा लाइट डिजाइनमा, इन्डी रहेका छन् । नाटकको टिकटको मुख्य ३०० , ५०० र एक हजार रुपैयाँ राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित