मिटरब्याज विरुद्धको आन्दोलन स्थगित, न्यायका लागि कानुनी अड्चन फुकाइने

काठमाडौं । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबिच शुक्रबार ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

अदालतमा विचाराधीन मुद्दाहरूमा मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने सहमति पत्रमा उल्लेख छ। मिटरब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोतको खोजी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुनेछ ।

गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबिच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित