काठमाडौं । नागरिक आन्दोलनका अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । ८७ वर्षका पाण्डेको शुक्रबार राति काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय पाण्डेको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तीन महिनाअघि क्यान्सर देखिएका पाण्डे घरमै उपचाररत थिए ।
वि.सं. २०४६ सालको आन्दोलनपछि गठित काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा उनी अर्थमन्त्री थिए । स्वर्गीय पाण्डे, सुशासन, लोकतन्त्र, विकास र उत्तरदायी राज्य व्यवस्थाका पक्षधर थिए ।
विगतमा झण्डै डेढ वर्ष अर्थसचिव रहेका उनी ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष पनि थिए । उनले नेपाली तथा अंग्रेजी दुवै भाषामा नेपालको अर्थतन्त्र, विकासका धेरैवटा पुस्तक लेखेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)
सम्बन्धित समाचार
सूचनाको हकमा कमजोर गाउँका सरकार
राहदानी विभागको सेवा केही दिन बन्द हुने
नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाइदिएपछि राहदानी विभाग अगाडि आत्मदाह प्रयास
मौसम बदलीसँगै देशभर विपद्को जोखिम
देशभर भारी वर्षाको चेतावनीः धानदेखि तरकारीसम्म जोखिममा
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युटुबर पोखरेल थुनामा





