पत्रकार कृष्ण थपलिया लालबन्दी नगर वाङ्मय परिषदद्वारा पुरस्कृत

सर्लाही । नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा चियोचर्चो दैनिकका प्रधान सम्पादक पत्रकार कृष्ण थपलिया (समर्पण) लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा पुरस्कार अर्पण तथा पुस्तक विमोचन समारोहमा उनलाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको भानु प्रतिष्ठान नेपाल मधेस प्रदेश संयोजक एवम् परिषद्का कोषाध्यक्ष विवस पौडेल जानकारी दिए ।

झण्डै अढाइ दशकदेखि साहित्य लेखन तथा पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

कार्यक्रममा भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरू, दिनेश अधिकारी र रमेश क्षितिज पुरस्कृत भएका छन् । कृष्णलाल अधिकारी स्मृति पुरस्कारबाट साहित्यकार दिनेश अधिकारी सम्मानित भएका हुन्। उनलाई नगद ५० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको छ।

यस्तै, लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कारबाट एउटा मायीका लेखक तथा कृतिकार रमेश क्षितिज सम्मानित भएका छन्। उनको भाषा र साहित्य क्षेत्रमा रहेको योगदानको उच्च मूल्याङ्कन गर्दै परिषद्ले ५० हजार राशिको पुरस्कार प्रदान गरेको परिषद्ले जनाएको छ।

कार्यक्रमकै अवसरमा लेखक देवराज पौडेलद्वारा लिखित ‘मेरो पाठशाला’ पुस्तकको विमोचन गरिएको थियो। कार्यक्रममा पुस्तक’bout चर्चा गर्दै वक्ताहरूले यसले शिक्षा र साहित्य क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

समारोहमा वरिष्ठ छन्दकवि कुमार कुसुमले आफ्नो चर्चित कविता ‘हराएको देश’ वाचन गरेका थिए। उनको कविताले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूको विशेष ध्यान आकर्षित गरेको थियो।

परिषद्ले भाषा, साहित्य, पत्रकारिता र सिर्जनामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्व हरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।समारोहले सर्जक, साहित्यकार तथा सञ्चारकर्मीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्ने परम्परालाई निरन्तरता दिएको आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

रुकुम पूर्व केन्द्र भएर भूकम्प