काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता जीएसी ग्रुप अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड आयोनले विश्व बजारमा ३ करोड युनिट विद्युतीय सवारी (ईभी) बिक्री गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
कम्पनीका अनुसार यो उपलब्धिले विश्वव्यापी विद्युतीय सवारी बजारमा आयोनप्रति उपभोक्ताको बढ्दो विश्वास र लोकप्रियतालाई थप बलियो बनाएको छ। अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र स्मार्ट ड्राइभिङ अनुभवका कारण आयोनले विश्वभरका ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्दै विद्युतीय मोबिलिटीको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ।
सन् २०२६ को पहिलो छ महिनामै कम्पनीले १ लाख २१ हजार ५०० युनिट सवारी निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३२ प्रतिशतले बढी हो। कम्पनीले यसलाई अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादनप्रतिको विश्वास र माग निरन्तर बढिरहेको संकेतका रूपमा व्याख्या गरेको छ।
जीएसीले अमेरिका, एसिया–प्रशान्त, मध्यपूर्व, अफ्रिका र युरोपका प्रमुख बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै विश्वव्यापी सञ्जाललाई थप मजबुत बनाइरहेको छ। हाल कम्पनी ११० देशमा सक्रिय रहेको छ, जहाँ ७४६ बिक्री तथा सेवा केन्द्र, ६ अन्तर्राष्ट्रिय उत्पादन केन्द्र र ९ पाट्र्स गोदाम सञ्चालनमा छन्।
अनुसन्धान तथा विकास (आरएन्डडी), उत्पादन, आपूर्ति, बिक्री र बिक्रीपछिको सेवासम्म फैलिएको एकीकृत संरचनाका कारण आयोनले स्थानीय बजारको आवश्यकता अनुरूप विद्युतीय सवारी तथा सेवा उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।
जीएसी ग्रुपले आगामी दिनमा पनि नवप्रवर्तन, गुणस्तरीय उत्पादन र ग्राहकमैत्री सेवामार्फत विश्वव्यापी विस्तारलाई थप तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।
नेपालमा आयोन ब्रान्डको आधिकारिक वितरक सीजी मोटर्स ले विभिन्न अत्याधुनिक विद्युतीय मोडल बजारमा ल्याउँदै ईभी क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक र प्रविधिमैत्री बनाउन योगदान पुर्याइरहेको छ।
सम्बन्धित समाचार
राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
काठमाडौंमै बसेर प्रमुख प्रशासकीय अधिकृतले अवैध तरिकाले निकाले करोडौं रकम
३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित, न्यायका लागि कानुनी अड्चन फुकाइने
राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैनः अर्थमन्त्री डा वाग्ले
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन






