जनकपुर । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन् ।
धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनः धितो राखी अरु कसैले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनको भनाइ छ ।
धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका पूर्वएसएसपी साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
पूर्वएसएसपी साहका अनुसार २०७९ सालमा चिनजानका व्यक्तिसँग ९९ लाख रुपैयाँ ऋण लिइ विदेह नगरपालिका–६ तीनकौरियाको पत्नीका नाममा रहेको पाँच कठ्ठा १३ धुर दृष्टिबन्धक गरिदिएकामा उनलाई थाहा नै नदिई ती व्यक्तिले अर्कालाई त्यो जग्गा पुनः धितो राखी चार करोड रुपैयाँ ऋण लिएका थिए ।
पूर्वसुरक्षाकर्मी साहका अनुसार ऋणको साँवा–ब्याज तिर्ने र जग्गा फिर्ता गरिदिन पटक–पटक आग्रह गर्दा ती व्यक्तिले विभिन्न बहाना बनाएपछि उनले ठगीको उजुरी दर्ता गराएका छन् ।
पूर्ववरिष्ठ उपरीक्षक साहको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको अभियोग लागेका स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको छ ।
सम्बन्धित समाचार
संविधानसभाका ३ सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर
आशा हराउँदै गएको घरमा मानवताको उज्यालो !
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह
‘हजुरआमाको शव सिटी सफारीमा, सेवाअभावको पीडादायी दृश्य’
मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा पदबहाली
‘आक्रोशको आगो’ मा सदाका लागि जले नेपाली
धनगढीमा एकीकृत भान्साघर, ४ हजार विद्यार्थीले पोषणयुक्त दिवा खाजा पाउने
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी राउतको निधन






