इटहरी । सुनसरी जिल्लामा आर्थिक वर्ष २०८२–८३ मा नौ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् । जिल्ला अदालत सुनसरीका अनुसार नागरिक तथा पारिवारिक विवादसँग सम्बन्धित मुद्दाको संख्या उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ भने समग्र मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दाले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् ।
एक वर्षको मुद्दा व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गर्दै अदालतले कुल मुद्दामध्ये ६० दशमलव ६९ प्रतिशत फछ्र्योट गरेकोसमेत जनाएको छ । खासगरी ९ हजार ५ सय ५२ मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका मात्रै एक हजार दुई सय ४१ मुद्दा दर्ता भएको छ । जसमा ९ सय ३६ मुद्दा फछ्र्योट भएका छन् भने ३ सय ५ मुद्दा चालु अवस्थामा छन् ।
यो संख्या अन्य सबै प्रकृतिका मुद्दाभन्दा बढी हो । त्यसैगरी, अंशसम्बन्धी ९ सय ४२ मुद्दा दर्ता भएकोमा ४ सय ७ मुद्दा फछ्र्योट भएका छन् भने ५ सय ३५ मुद्दा चालु रहेका छन् । मानाचामलसम्बन्धी ८४ मुद्दामध्ये ३१ फछ्र्योट हुँदा ५३ मुद्दा चालु छन् ।

जग्गासम्बन्धी ३ सय ५४ मुद्दा दर्ता भएकोमा ६९ मुद्दा फछ्र्योट भएका छन् भने २ सय ८५ मुद्दा विचाराधीन छन् । यस्तै, कर्तव्य ज्यानसम्बन्धी ८५ मुद्दामध्ये ३२ फछ्र्योट भएका छन् भने ५३ मुद्दा बाँकी रहेका मुख्य न्यायाधीश प्रकाश राउतले बताए। यसैगरी जबरजस्ती करणीमा एक सय २१ मुद्दा दर्ता हुँदा ४८ वटा मुद्दा फछ्र्योट भएको छ । उक्त मुद्दामा ७३ वटा भने विचाराधीन रहेको छ ।
बालबालिकासँग सम्बन्धित ३ सय २ मुद्दामध्ये १ सय ९६ मुद्दा फछ्र्योट भएका छन् भने १ सय ६ मुद्दा चालु अवस्थामा छन् । अन्य विभिन्न प्रकृतिका ६ हजार ४२३ मुद्दा दर्ता हुँदा ४ हजार ७९ मुद्दा फछ्र्योट भएका छन् । यस्तै दुई हजार दुई सय ७३ मुद्दा विचाराधीन रहेको छ ।
एक वर्षमा ५ हजार ७९८ मुद्दा फछ्र्योट
अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ८०३ र नयाँ दर्ता भएका ५ हजार ७४९ गरी कुल ९ हजार ५५२ मुद्दा अनुसन्धान तथा कारबाहीका लागि रहेका थिए । तीमध्ये ५ हजार ७९८ मुद्दा फछ्र्योट गरिएको छ भने ३ हजार ७५४ मुद्दा अझै बाँकी रहेका छन् ।
तथ्यांकअनुसार दुई वर्ष नाघेका बाँकी मुद्दा १८१ वटा रहेका छन् भने पछिल्लो १८ महिनाभित्रका बाँकी मुद्दा २४८ वटा छन् । अदालतले बाँकी रहेका मुद्दाको अनुसन्धानलाई तीव्रता दिँदै पुराना मुद्दा फछ्र्योटलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
२१३औँ भानु जयन्तीमा भानु साझा पुस्तकालयको दोस्रो तला उद्घाटन
स्कारपिओ दुर्घटना हुँदा विद्युत् प्राधिकरणका २ कर्मचारीको मृत्यु
हिमालय मनसुन स्काउट क्याम्प–२०८३ आयोजना हुँदै, ५० भन्दा बढी विद्यार्थी सहभागी हुने
उदयपुर जिल्ला अदालतद्वारा एकै वर्षमा १८ करोड भन्दा बढी जरिवाना असुल
दुई महिनाअघि चोरीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ
झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन






