एमाले–नेकपा समीकरणपछि कांग्रेसले गर्‍यो सातै प्रदेशका नेतासँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको समीकरणपछि बनेको नयाँ परिस्थिति’bout सातै प्रदेशका नेतासँग परामर्श गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा नेपाली कांग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्श गरेका हुन् ।

बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीयता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश संरचनामा सहभागी दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जानकारी दिए ।

उनले प्रदेशगत राजनीतिक अंकगणित र दलहरूको प्रतिनिधित्वका आधारमा सरकारको नेतृत्व गर्ने वा प्रतिपक्षमा रहने भन्ने विषयमा आगामी निर्णय गरिने जानकारी दिए । उनका अनुसार बदलिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै प्रत्येक प्रदेशमा फरक रणनीति अवलम्बन गर्ने विषयमा समेत विचारविमर्श भएको छ।

काँग्रेसले एमाले र नेकपाबाहेक संघीय लोकतान्त्रिक व्यवस्था स्वीकार गर्दै निर्वाचन प्रक्रियामा सहभागी भएका अन्य दलहरूसँग संवाद र सहकार्यको सम्भावनालाई पनि खुला राखेको जनाएको छ।

विशेष गरी बागमती, मधेश र गण्डकी प्रदेशमा एमाले र नेकपाको मात्रै संख्या सरकार गठनका लागि पर्याप्त नभएकाले ती प्रदेशमा बहुमत जुटाउने प्रयास तीव्र बनेको छ। यही अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले पनि सम्भावित सत्ता समीकरण’bout अन्य दलहरूसँग परामर्शलाई निरन्तरता दिएको संकेत देखिएको छ।

मुख्यमन्त्री बानियाँले एमाले-नेकपा समझदारीपछि प्रदेश राजनीतिको स्वरूप परिवर्तन भएकाले त्यसअनुसार काँग्रेसको आगामी भूमिका र रणनीति तय गर्न सभापति थापाको उपस्थितिमा सातै प्रदेशका नेतृत्वसँग समन्वयात्मक छलफल गरिएको बताए।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

गेटामा यही सत्रबाट एमबीबीएस सञ्चालन गर्न मेयर हमालको आग्रह