काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले संसदीय दलमा सामूहिक राजीनामा बुझाएका छन् ।
प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आफूहरूले दलका नेतालाई राजीनामा पठाएको पुष्टि गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।
कांग्रेस संसदीय दलले अब मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने तयारी गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)
सम्बन्धित समाचार
६७ जिल्लाका २४ हजार पीडितलाई ‘न्याय दिने’ प्रतिवेदन कार्यान्वयनमा
माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
बानियाँ नेतृत्वको बागमती सरकार अल्पमतमा
सांसदका स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने
लुम्बिनीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै






