धनगढी । शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका कैलालीको धनगढी एक युवकको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनलाई आफन्तले तत्काल उद्धार गरी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो ।
थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने तयारी गरिएको भए पनि आफन्तले काठमाडौं लैजाने निर्णय गरेका थिए । आज सोमबार बिहान करिब ७ बजे धादिङ पुग्ने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।
उनको शव कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटना’bout थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
मिडिया हाउसका गेटमै कस्ले राख्यो बेवारिसे कार ?
नागढुंगा चेकपोस्टमा सवारी होल्ड (फोटोफिचर)
एउटा ‘अग्र्यानिक’ चरित्रमा रेखाको अनुभव
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
मनसुनमा घुम्ने रहर
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
युटिएल लाइसेन्स होल्ड प्रकरण: प्राधिकरणको बदमासी, तीन पूर्वमन्त्री शंकाको घेरामा






