जनकपुर । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् ।
लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए । सरकारको तर्फबाट गृहमन्त्री गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
मृतकका परिवारले राखेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए । यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उनले बताए ।
गृहमन्त्री गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको सहमतिअनुसार मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ ।
गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारबाही गरिने बताए ।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही १४ साउनमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
बागमती सरकारबाट बाहिरियो एमाले
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै
रास्वपामा मनोनयनको ‘महाभारत’
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
कर्णालीमा मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड
गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर युवकको मृत्यु






