वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बिहीबार साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए ।
सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी संघसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।
आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित
धनुषामा कर्फ्यु केही खुकुलो : बिहान ६ बजेदेखि ८ बजेसम्म अत्यावश्यक सामग्री किन्न पाइने
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
कृषि मन्त्रीको असक्षमताले रासायनिक मलको हाहाकार : प्रभु साह
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
विरुवा उत्पादनदेखि वन पर्यटनसम्म
दलित महिलाहरूलाई ‘डिजिटल’ साक्षरता प्रशिक्षण






