२६ दिनदेखि एम्बुलेन्स रोकिए, बिरामी सुरक्षाकर्मीको काँधमा

इलाम । सडकको बीचमा पहिरो । पहिरोको छेउमा एम्बुलेन्स रोकिएकोे छ, अर्कोतिर अस्पताल पुग्न छट्पटाइरहेको बिरामी । बीचमा सडक छैन । छ त केवल जोखिम । यो दृश्य कुनै दुर्गम हिमाली बस्तीको होइन ।

यो त पूर्वको प्रमुख राजमार्ग हो, जहाँबाट हजारौं नागरिक दैनिक आवतजावत गर्थे । अहिले ठप्प छ । तस्बिरमा देखिएको बिरामीलाई चार जना सुरक्षाकर्मीले काँधमा बोकेका छन् । प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले स्ट्रेचर काँधमा बोकेर बिरामीलाई पहिरो पार गराउँदै छन् ।

यो केवल एक दिनको समस्या हैन २५ दिन यता दैनिकी यसरीनै चलिरहेको छ । पहिरो वारी एउटा एम्बुलेन्स पहिरो पारी अको एम्बुलेन्स रोकिएको छ । विरामीको छटपटि सुरक्षाका काँधमा छ । वैकल्पिक भनीएका सडकमा एम्बुलेन्स गुड्ने अवस्था छैन । अन्य सवारी साधन ज्यानको बाझी थापेर यात्रा गरिरहेका छन । दिनहुँ हिलोमा भासीएर संघर्ष गरीरहेका सवारी साधन कति बेला बाटो मुनी पुग्ने पत्तो छैन ।

राजदुवाली बन्द भएपछि वैकल्पिक बाटोको हालतका कारण सवारी साधन दुर्घटना भइरहेका छन । भाग्य बस अहिले सम्म मानविय क्षति नभएपनि ठूलो क्षति इलामले बेहोरीरहेको छ । ग्यास सकिएको छ, खाद्यान्न ढुवानीमा समस्या छ, इन्धनको अभाव बढेको छ । कोठा भाडामा बसेर पढ्ने विद्यार्थीहरू चुलो बाल्न नसकेर चिन्तित छन् ।

किसानले उत्पादन बजार पु¥याउन पाएका छैनन् । बिरामीले अस्पताल पुग्न सुरक्षाकर्मीको काँध खोज्नुपरेको छ । पानी नपर्दा पिकअपले ग्याँस त ल्याउछ तर एक पटकमा ६५ वटा मात्रै । पानी पर्यो भने त्यो पनि आउँदैन ।

वैकल्पिक भनिएको सिमलगोलाई–तिल्केनी सडक अझै बजेटको प्रतीक्षामा छ । भञ्ज्याङ–बेलासे सडक समयमै सम्पन्न भएको भए आज यो पीडा सायद देख्नुपर्ने थिएन । अधुरा योजना र ढिलो कामको मूल्य अहिले सर्वसाधारणले आफ्नो दैनिकी र जीवनबाट तिरिरहेका छन् । सामाजिक सञ्जालमा अहिले एउटै आवाज सुनिन्छ—‘इलाम टापु बन्यो ।’ यो केवल भावनात्मक अभिव्यक्ति होइन, भोगाइ हो । जनताको दुःख कहिलेसम्म सुरक्षाकर्मीको काँधमा बोकाइरहने ? राज्यले आफ्नो जिम्मेवारी कहिले बोक्ने ?

इलामको यो घटनाले हामी पूर्वाधार निर्माणमा कति जिम्मेवार छौँ ? सडक बनाउनु मात्र पर्याप्त हुँदैन । त्यसको भौगोलिक जोखिमको अध्ययन, ढल निकास, पहिरो नियन्त्रण, वैकल्पिक मार्ग पनि उत्तिकै आवश्यक हुन्छ । नागरीकले अनुभुती गर्ने विकास उद्घाटनका रिबनमा होइन, संकटका थेग्ने आधारमा हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा