काठमाडौं । सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री गुरुङले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए । वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग पहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताएका छन् । उनीहरूले मेहताका शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएका छन् ।
सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही १० साउनको राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन मेहताको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सम्बन्धित समाचार
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
सांसदका स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
लुम्बिनीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै
लुम्बिनी सरकारबाट कांग्रेसका पाँचै मन्त्रीको राजीनामा
प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’
सुनसरीको परिस्थिति नियन्त्रणमा लिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री शाहको निर्देशन
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री
कोशीका मुख्यमन्त्री हिक्मत हटाउने जिम्मा शेरधनलाई, मागे राजिनामा






