काठमाडौँ । नेपाल फर्कने तयारीमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट बैंकक पुगेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् । देउवानिकट नेताहरूका अनुसार, उनी शुक्रबार हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका हुन् ।
अब बैंककबाटै थाइ एयरवेजको विमानबाट नेपाल फर्किने कार्यक्रम तय भएको छ । देउवा २६ साउनमा स्वदेश फर्किएर राजनीतिक भेटघाट गर्ने तय भएको थियो । ‘उहाँ २६ गते नेपाल फर्किएर राजनीतिक भेटघाट गर्ने तय भएको थियो । तर कुरा हुँदा साथीहरूले विमानस्थलमा स्वागत गर्न जान चाहना राख्नुभयो । हङकङबाट रात्रिकालीन उडान मात्र भएकाले उहाँ थाइल्यान्ड जानुभएको छ,’ विश्वकर्माले भने ।
देउवा २८ साउनमा आएर २९ को भेलामा सहभागी हुनुअघि राजनीतिक भेटघाटको वातावरण नबनाउनको लागि समय सारिएको हो भन्ने प्रश्नमा विश्वकर्माले भने- ‘त्यसो गर्न होइन । दिउँसो स्वागत गर्नको लागि समय सारिएको हो । देउवाको भव्य स्वागत गर्ने तयारी भइरहेको छ ।’
सम्बन्धित समाचार
सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल गरिरहेको अर्थमन्त्री डा. वाग्लेको जिकिर
देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
प्रधानमन्त्रीले थाले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल, को को छन् सहभागी ?
चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का
न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामकः मन्त्री गौतम
राजनीतिसँगै पुनः कानुनी विवादमा कांग्रेस
आफ्नै पार्टीका सांसदहरुबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री शाहले मध्यराति लेखे यस्तो भाबुक सन्देश
कर्णालीका मुख्यमन्त्रीको जिकिर : तीनबुँदे सहमतिअनुसार चाँडै नै मन्त्रिपरिषद् विस्तार






