बोगोटा । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पका कारण हतास भएका बासिन्दाहरूले ध्वस्त भवनहरूको सर्वेक्षण गरिरहेका छन् ।
भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १८ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले उल्लेख गरेको छ । उनले भूकम्पका कारण सहरको स्थिति गम्भीर रहेको बताए ।
अमेरिकी भूगर्भशास्त्रीहरूले भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रहेको रेकर्ड भएको बताएका छन् ।
उद्धार टोलीहरू पीडितहरूलाई सहयोग गर्न र भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि दौडिएका देखिन्थ्यो ।
बिहानको यो भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो । भेनेजुएलामा जुन महिनाको अन्त्यतिर विनाशकारी भूकम्प गएको थियो ।
समाचार फुटेजमा कोलम्बियाको पश्चिमी भागमा ढलेका भवनहरू देखाइएको छ, तर अधिकारीहरूले सुनामीको डर नरहेको बताएका छन् ।
कोलम्बियाको चोको प्रान्तका गभर्नरले एक्समा लेखेका छन्, ‘प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति भएको छ, जहाँ सामाजिक सञ्जालमा आएका भिडियोमा ढलेका भवनहरू देखिएका छन् ।’
भूकम्पको केन्द्रबिन्दु चोकोमा रहेको भए पनि तत्काल त्यहाँको मृत्यु संख्या थाहा भएको छैन ।
कोलम्बियाको तेस्रो ठूलो सहर कालीका नगर प्रमुख एलेहान्द्रो एडरले कम्तीमा २० वटा भवन ढलेको र मानिसहरू फसेको रिपोर्ट गरेका छन् । भूकम्पका कारण ‘ठूलो क्षति’ भएको बताउँदै उनले ड्रोनमार्फत भूकम्पबाट भएको क्षतिको लेखाजोखा गर्ने काम भइरहेको जनाएका छन् ।
समाचारका माध्यमहरूले मानिजालेसजस्ता सहरहरूमा पनि भवनहरू ध्वस्त भएका तस्बिरहरू प्रसारण गरेका छन् ।
‘भूकम्पका कारण देशका धरै स्थानमा ‘बिजुली र मोबाइल नेटवर्क छैन । यो शक्तिशाली थियो, साँच्चै शक्तिशाली र विनासकारी । भूकम्पका समय मेरो घरका सामानहरू सबै भूइमा लडेका थिए,’ कफी उत्पादनका लागि प्रसिद्ध एजे क्याफेटेरोकी ६६ वर्षीया बासिन्दा मार्था एस्ट्राडाले एएफपीसँग भनिन् ।
पश्चिमी कोलम्बियाका छ वटा साना विमानस्थलहरूले सञ्चालन स्थगित गरेको नागरिक उड्डयन निकायले जनाएको छ ।
भेनेजुएलामा जुन २४ मा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पहरूमा छ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो र व्यापक सम्पत्ति क्षति भएको थियो । भूकम्पका कारण हजारौँ मानिस वेपत्ता भएको बताइएको थियो ।
सम्बन्धित समाचार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय, तर जाने छैनन् तत्काल जेल
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
मध्यपूर्व तनावले युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
ट्रम्पको गाजा योजना इजरायलली प्रधानमन्त्री नेतन्याहुले गरे अस्वीकार
एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने
पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित






