काठमाडौं । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको गएराति निधन भएको छ ।
७९ वर्षीय विमलको गए राति पौने १ बजे जनकपुरमा निधन भएको हो ।
उनका कान्छा छोरा डा.विभाष लाभका अनुसार, सोमबार राति साढे ११ बजेतिर कुराकानी गर्दागर्दै अचानक बिरामी परेका उनलाई उपचारको लागि नजिकै अस्पतालमा लगिएको थियो । उपचारको क्रममै उनको निधन भएको हो ।
उनको प्रार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ । उनको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने भएको छ ।
नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका विमलले भाषा विज्ञानमा विद्यावारिधि गरेका थिए । उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर रहेका थिए । २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका उनी जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मानबाट विभूषित छन ।
सम्बन्धित समाचार
सरकारी खर्च नियन्त्रणमा महालेखा कठोर
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
ब्रड पिकमा भेटियो तीनवटा ट्र्याकिङ उपकरण
ब्रोड पिक हिमाल आरोहणमा गएका पुर्जासहित सबै १० जना आरोहीको निधन
देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची






