ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको आरोप लागेका अधिकृतलाई स्पष्टिकरण पेश गर्न निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।

गाउँपालिकाको कार्यलयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका सम्बन्धमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा नागरिकस्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो प्राप्त भएपछि मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको हो।

मन्त्रालयको पत्रअनुसार पत्र प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न प्रमुख प्रशासकीय अधिकृत राउतलाई निर्देशन दिइएको छ।

मन्त्रालयले सार्वजनिक पदमा रहेका पदाधिकारी तथा कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, मर्यादित र उचित व्यवहार गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार नगर्नुको कारण’bout लिखित स्पष्टीकरण मागेको छ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

कमान्डमा जान लागेकाहरुलाई आईजीपी पौडेलले भने - कसैलाई प्रभावमा पारी उम्किन्छु भन्ने सोच र विचार त्यागिहाल्नुस्