काठमाडौं । सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको छ । गृहयुद्धका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै मंगलबार अदालतले असदको अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाएको हो ।
असदसँगै उनका मामाका छोरा अतेफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । दक्षिणी प्रान्त डारामा भएको प्रदर्शनमा दमन गरेको आरोपमा नजिबलाई मृत्युदण्ड दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।
एएफपीका अनुसार न्यायाधीशले सजाय सुनाउने बेला नजिबलाई कैदीले लगाउने पोसाकमा बन्द कठघरामा उभ्याइएको थियो । सन् २०२४ को डिसेम्बरसम्म सिरियामा चलेको गृहयुद्धमा पराजित भएपछि असद र उनका भाइ महेर भागेर रुस पुगेका थिए ।
नजिबलाई भने पक्राउ गरिएको थियो । सिरियाली सेनाका ब्रिगेडियर जनरल नजिब भने डारा प्रान्तमा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए ।
सम्बन्धित समाचार
ब्रड पिकमा शव भेटिकामध्ये दुई जनाको पहिचान खुल्यो
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालन
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
राजनीतिक नियुक्तिमा फेरि मनोमानी
खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग






