काठमाडौं । भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री ल्योन्पो छिरिङ र ऊर्जामन्त्री जेम छिरिङले राजीनामा दिएका हुन् ।
गृहमन्त्री ल्योन्पोले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । पछिल्लो समय उनीमाथि यौन दुराचारको आरोप लागेको थियो । एक युवतीले मन्त्री ल्योन्पोमाथि यौन दुराचार, छली, धम्की र मनोवैज्ञानिक हानि पुर्याएको आरोप लगाएकी हुन् ।
ती युवतीले सामाजिक सञ्जालमा गृहमन्त्री ल्योन्पोसँग सम्बिन्धित रहेको दाबी गरिएको घटनाको तस्बिर समेत सार्वजनिक गरेकी छिन् । गृहमन्त्रीमाथि आरोप लागेपछि भुटानभर तीव्र आक्रोश पैदा गरेको थियो । आक्रोश बढ्दै जाँदा राष्ट्रको गरिमामाथि हानी पुगेको भन्दै गृहमन्त्रीले राजीनामा दिएको भुटानी सञ्चार माध्यमले जनाएका छन् ।
त्यसैगरी, ६७ वर्षीय ऊर्जामन्त्री जेम छिरिङले पनि राजीनामा दिएका छन् । उनले उमेरको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
सम्बन्धित समाचार
ट्रम्पको गाजा योजना इजरायलली प्रधानमन्त्री नेतन्याहुले गरे अस्वीकार
रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु
पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए
पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित
पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला
प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद
मनसुन सक्रिय रहँदा किसानलाई सहज






