जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

काठमाडौं । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ ।

प्रदेश सरकारले आज खाद्यान्नसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो । एक सय ५० थान त्रिपाल, कम्बल ३५० थान, बल्याङ्केट १८५ थान, टेन्ट २० सेट, पिफर्म, प्लास्टिक, चार क्विन्टल चामल, २०० प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट माग भइ आए अनुरुप राहत सामग्री पठाइएको सचिव विकले बताए । उनका अनुसार १० जिल्लालाई पुग्ने गरी प्रदेश आपत्कालीन केन्द्रमा भण्डारण गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विपद् प्रतिकार्य, खोज उद्धार तथा राहतका लागि एक हप्ता अघि नै भर्चुअल बैठकबाट तयारी अवस्थामा रहन निर्देशन दिएको बताए ।

अहिले जाजरकोटमा पहिरोमा हराइरहेकाहरूको खोज तथा उद्धार गर्न र विस्थापित परिवारका लागि लागि प्रशासनसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको सचिव विकले बताए ।

राहत तथा पुनः स्थापनका लागि सङ्घ, कर्णाली प्रदेश सरकार र स्थानीय तह मिलेर काम गर्दा त्यसले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न