इलाम । इलाम सदरमुकाम बाहेकका ग्रामीण बजारमा २८ दिनदेखि खाना पकाउने ग्यास नपुग्दा जनजीवन प्रभावित भएको छ । जिल्लाको बिब्ल्याटे, पुवाखोला, नेपालटार, बागखोर, मंगल’bout, इलाम पाँचथरको सिमानामा पर्ने राँके र रबी बजारमा ग्यास अभावका कारण चियासमेत नपाइने अवस्था भएको व्यवसायीले बताएका छन् । यी क्षेत्रमा पाथीभरा ग्यासको आपूर्ति हुने गरे पनि २८ दिनदेखि भरिएका सिलिन्डर नपुगेपछि खाली सिलिन्डरको थुप्रो लागेको छ ।
व्यवसायी श्री विष्टका अनुसार बिब्ल्याटेमा मात्रै तीन सय, पुवाखोलामा एकसय, नेपालटारमा तीन सय ५०, मंगल’boutमा सात सय, देउरालीमा ५०, बागखोरमा एकसय ७०, त्रिवेणीमा ७५, सिटीभिटीमा एक सय र पञ्चमी बजारमा दुईसय भन्दा बढी खाली सिलिन्डर थन्किएका छन् । राँके बजारका व्यवसायी विष्टले ग्यास खोज्दै ७० किलोमिटर टाढाको गोपेटार पुग्दा पनि सिलिन्डर नपाएको बताए। “चिया पकाएर खानसमेत नपाउने अवस्था आएको छ,“ उनले भने ।
उनका अनुसार जिल्ला प्रशासनले इलाम बजारबाहेक अन्य बजारतर्फ बेवास्ता गरेको र ग्यास डिलरले फोनसमेत नउठाएकाले समस्या झन् जटिल बनेको छ । ग्यास अभावका कारण राँके बजारका धेरै होटलले चिया, खाजा र खाना बिक्रीसमेत बन्द गरेका छन् ।
ग्यासको अभावले होटल तथा चिया पसल मात्र होइन, घरायसी उपभोक्तासमेत प्रभावित भएका छन्। लामो समयदेखि ग्यास नआएपछि ग्रामीण बजारका उपभोक्ताले खाना पकाउन वैकल्पिक इन्धनको सहारा लिनुपरेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले ग्यास डिलरसँग समन्वय गरी आपूर्ति सहज बनाउन पहल गर्ने बताएका छन् । उनले जिल्लाका ग्रामीण क्षेत्रमा देखिएको ग्यास अभाव’bout बुझेर व्यवस्थापनका लागि आवश्यक पहल गरिने बताए ।
लामो समयसम्म ग्यास आपूर्ति नहुँदा ग्रामीण बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीप्रति समेत प्रश्न उठेको छ । सदरमुकाममा कहिले काही आउने गरेपनी ग्रामीण बजारमा भने २८ दिनसम्म सिलिन्डर नपुग्दा त्यस क्षेत्रका नागरिकले खाना पकाएर खान समेत समस्या भोगीरहेका छन ।
मेची राजमार्गको माइखोला स्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि इलाममा ग्यासको अभाव हुन थालेको हो । वैकल्पिक सडकमार्फत पिकअपले मात्रै ग्यास सिलिन्डर ल्याउने ल्याउने गरे पनि पछिल्लो एक सातादेखि भने ग्यास सिलिन्डर नै कम आउने गरेको व्यवसायीको भनाई छ ।
पहिले हप्तामा एक ट्रक सिलिन्डर आउने गर्दथ्यो तर अहिले २८ दिन सम्म आएको छैन । राजमार्ग बन्द भएको महिना दिन नाघिसक्यो । जसका कारण ग्यास अभाव मात्रै होइन निर्माणका सामान र खाद्य ढुवानीमा समेत समस्या भइरहेको छ । जसले दैनिक उपभोग्य वस्तुको पर्याप्त नहुँदा इलाममा खाद्यवस्तुको मूल्यसमेत बढेको छ ।
सम्बन्धित समाचार
सङ्खुवासभामा खाना पकाउने एलपी ग्यास बिक्रीमा कडाइ
पहिरो प्रभावमा कालिका मावि, अस्थायी टहरामा पठनपाठन
आज सुनको भाउ घट्दा चाँदीको भने वृद्धि
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो, चाँदी पनि बढ्यो
सरकारको सिस्टम बिग्रिँदा सेवाग्राहीलाई दोब्बर जरिवाना
ग्रामथानमा लागुऔषधविरुद्ध महाअभियान
६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक






